ब्युटी न्यूज नेपाल
काठमाडौं, ३ कार्तिक
काठमाडौं । निर्देशक मोहन राईद्वारा लिखित तथा निर्देशित फिल्ममहानगरको वल्र्ड प्रिमियर कोलकता अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किफ)मार्फत हुने भएको छ ।किफले नेट्प्याकअन्तर्गत ‘एशियन सेलेक्ट्’ क्याटेगोरीमा महानगरलाई चयन गरेको हो । नेट्प्याकअन्तर्गत एशियन सेलेक्ट् कोलकता अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किफ) तीनमध्येको एउटा प्रतिस्पर्धात्मक क्याटेगोरी हो ।
यस वर्ष किफलेमहानगरलगायत एशियाका सात फिल्मलाई यो क्याटेगोरीमा चयन गरेको छ । ‘म सत्यजीय रायको ठूलो प्रशंसक हुँ । वहाँले कोलकता सहरमा नै आधारित कथालाई लिएर यहीनाम गरेकोचलचित्रआजभन्दा ५७ वर्ष अघिनिर्देशन गर्नु भएको थियो । यही सहरमा हुनलागेको अन्तर्राष्ट्रिय चलचित्र
महोत्वसमामहानगर फिल्म वल्र्ड प्रिमियर हुन लाग्नुलाई एउटा रमाइलो संयोग मानेको छु,’ निर्देशक मोहन राईले भने । महानगर माउन्टेन रिभर फिल्म्स्को सहकार्यमा मिडलवे फिल्म्स् प्रालिले निमार्ण गरेको हो भने यसको कार्यकारी निर्माता गोविन्द पराजुली तथा क्रिएटिभ निर्माता नवनिधि दाहाल रहेका छन् ।
महोत्सवकोे २६ औं संस्करण आगामी नोभेम्बर ५ देखि १२ नोभेम्बरमा भारतको कोलकातामा आयोजना हुन लागेको छ । कोलकता अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किफ) विश्व कै एउटा महत्वपूर्ण चलचित्र महोत्वस मानिन्छ र यो महोत्सव चलचित्र निर्माताको अन्तर्राष्ट्रिय संघ फियापले वर्गिकरण गरेको २३ वटामध्ये एउटा‘प्रतिस्पर्धात्मक विशिष्टिकृत फिचर चलचित्र’(कम्पिेटेटिभ स्पेसलाइज्ड् फिचर फिल्म फेस्टिभल) महोत्सव हो ।