देशभरका चलचित्र घरमा आयो नेपाली चलचित्र जलाकी


ब्युटी न्युज नेपाल
काठमाडौँ, ४ मंसिर

अशोक थापा मगरको निर्देशनमा बनेको नेपाली चलचित्र ‘जलाकी’ आज शुक्रबार ४ मंसिरबाट देशव्यापी चलचित्र घरमा रिलिज भएको छ ।

सिनेमाले मंगलबार चलचित्र केन्द्रिय जाँचपास समिति (सेन्सर बोर्ड) बोर्डबाट पनि युनिभर्सल सर्टिफिकेट पाएको थियो । चलचित्रको गीत संगीत अहिले निकै लोकप्रिय छ । यस्तै सिनेमाले टिजर, ट्रेलर र गीतमार्फत आम दर्शकको मन जितेको छ । शुक्रबार बिहानबाटै चलचित्रले दर्शकको राम्रो साथ पाएको छ ।

निर्देशक अशोक थापा मगरको यो दोस्रो सिनेमो हो । यसअघि उनले ‘खुस्मा’निर्देशन गरेका थिए । सिनेमामा उपासना सिंह ठकुरी र सोनम तोप्देन मुख्य भूमिकामा छन् । उनीहरूसँगै सिनेमामा शिल्पा मास्के, साहारा हाङ्मा लिम्बू, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरले अभिनय गरेका छन् ।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् । सिनेमा गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्नेछ ।