ब्युटी न्युज नेपाल
काठमाडौँ, २७ असोज
चलचित्र ‘बाकस’को शुभमुहूर्त गरिएको छ। ललितपुरस्थित बगलामुखी मन्दिरमा पूजा–आराधना गर्दै निर्माण टिमले फिल्मको शुभमुहूर्त गरेको हो। नवीन पन्तको निर्देशनमा निर्माण हुन लागेको फिल्ममा विपना थापा, वर्षा राउत, महेश त्रिपाठी र भोलाराज सापकोटालगायत कलाकारको अभिनय रहनेछ।
फिल्ममा विपना थापा, वर्षा राउत, महेश त्रिपाठी, भोलाराज सापकोटा, हिउँबाला गौतम, ध्रुव गौतम, पुष्कर राउत, विक्रम बुढाथोकी, रोहित श्रेष्ठ र विमल यादवको अभिनय रहनेछ। यस्तै, बाल कलाकार सुपला सापकोटा, सनज चौलागाईं, अविरल चौलागाईं, रेखा भण्डारी र सगुन खड्कालगायत पनि फिल्ममा देखिनेछन्। यसै फिल्ममार्फत अभिनेता भोलाराज सापकोटा र उनकी छोरी सुपला सापकोटाले पहिलोपटक एकसाथ पर्दा साझा गर्ने भएका छन्।
फिल्ममा मणि तामाङ मुख्य सहायक निर्देशकका रूपमा रहेका छन् भने सावन शर्मा, सिर्जना भुजेल र मनिष चौलागाईं सहायक निर्देशकको जिम्मेवारीमा छन्। द्वन्द्व निर्देशन किरण दाहालले गर्नेछन् भने शृङ्गारको जिम्मेवारी उर्मिला लामाले सम्हाल्नेछिन्।
फिल्मको संगीत दीपक शर्मा र सनम पुरुष राईले तयार गर्नेछन्। धिरेन्द्र पन्त कार्यकारी निर्माता रहेको फिल्ममा सुजिता चौलागाईं निर्माताका रूपमा छिन्। राजन सिंह केसी र छत्रबहादुर खड्का सहनिर्माता रहेका छन्।
फिल्मको छायांकन महेश पौडेलले गर्नेछन् भने पोस्टर डिजाइन आइडलले गर्नेछ। निर्माण व्यवस्थापनको जिम्मेवारी निर्मल न्यौपानेले सम्हाल्नेछन्। ज्योति केसी र निराजन घिमिरेले वेशभूषा डिजाइन गर्नेछन् भने कोरियोग्राफी सियोन श्रेष्ठको रहनेछ।
पीके इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको कथा तथा निर्देशन नवीन पन्त स्वयंले गरेका हुन्। दशैँलगत्तै छायांकनमा जाने तयारीमा रहेको फिल्मको कथावस्तु र प्रदर्शन मितिबारे भने निर्माण पक्षले थप विवरण सार्वजनिक गर्न बाँकी छ।









