ब्युटी न्युज नेपाल
काठमाडौँ, २५ असोज
‘पाँचौँ क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२६’ विभिन्न २६ विधामा अवार्ड प्रदान गर्दै आइतबार बेलुका सम्पन्न भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति बज्रेश खनालले उद्घाटन गरेसँगै नाचघर जमलमा यो अवार्ड सुरु भएको थियो । उनी सहित विभिन्न अतिथि चलचित्रकर्मी तथा कलाकारहरुले समारोहमा बिजेतालाई अवार्ड प्रदान गरे ।
सो समारोहमा सर्वोत्कृष्ट आधुनिक गीतकारको अवार्ड ‘कति रोए’बाट मीरा तामाङले, आधुनिक गीत संगीतकारको अवार्ड ‘हिजो आज’बाट डा. निरञ्जन भण्डारीले, आधुनिक गीत गायकको अवार्ड ‘ढाँटेको हैन’बाट तिलक बस्नेत र आधुनिक गीत गायिकाको अवार्ड ‘ढाँटेको हैन’बाट मेलिना राईले प्राप्त गरिन् ।
यस्तै सर्वोत्कृष्ट म्युजिक भिडियो पुरुष मोडलको अवार्ड ‘सगरै तरेर’बाट एस राज गराचले, यही विधाको जुरी अवार्ड ‘मायालुको घुर्की प्यारो’बाट रोशन तामाङले हासिल गरे । पप गीतको म्युजिक भिडियो पुरुष मोडलको अवार्ड ‘ह्याभ यु एभर सिन’बाट जीवन विश्वकर्मा, म्युजिक भिडियो महिला मोडलको अवार्ड ‘भमरा’बाट शीतल तामाङले प्राप्त गरिन् । यस्तै सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड ‘गाउँघरे माया’बाट दीप गुरुङले र यही विधाको जुरी अवार्ड ‘दिउँला चिनोबाट मिलन श्रेष्ठले चुमे ।
सो प्रतिस्पर्धामा सर्वोत्कृष्ट लोकदोहोरी गीत गायकको अवार्ड ‘लालीगुराँस फुलेको’बाट रवि रानाले, यही विधामा जुरी अवार्ड ‘कलेजो खाइ झानो’बाट महादेव भट्टले, सर्वोत्कृष्ट लोकदोहोरी गीत गायिकाको अवार्ड ‘फूलको थुँगा’बाट दुर्गा गुरुङले, लोकदोहोरी गायिकाको जुरी अवार्ड ‘सुन्ने भयो’बाट संगीतका गुरुङले र लोकदोहोरी गायिका पब्लिक च्वाईस अवार्ड ‘सोल्टिनी’बाट मनमाया वाइबाले हाँसिल गरे । यस्तै सर्वोत्कृष्ट लोकदोहोरी गीतकारको अवार्ड ‘दशैँतिहारको’बाट अमरराज पुनले, मौलिक गीत गायकको अवार्ड ‘जाउँ न सानु’बाट पवन गुरुङ, मौलिक गीत गायक जुरी अवार्ड ‘ङिला रोदिरी’बाट नरेश गुरुङले र मौलिक गीत गायक पब्लिक च्वाईस अवार्ड ‘सोल्टिनी’बाट शुक्र तामाङले ग्रहण गरे ।
सर्वोत्कृष्ट मौलिक गीत गीतकार अवार्ड ‘दमौलीमा झारा है’बाट ओम छिनालले, सर्वोत्कृष्ट देउडा गायकको अवार्ड ‘सम्रै लागि’बाट गोपाल दयालले, सर्वोत्कृष्ट कौडा गीत गायक अवार्ड ‘झुल्के घाम’बाट सुवास गुरुङले, कौडा गीत गायक, जुरी अवार्ड ‘निरमाया’बाट प्रिजन गुरुङले र कौडा गीत गायक पब्लिक च्वाइस अवार्ड ‘सोल्टिनी’बाट सागर गुरुङले हासिल गरे ।
नव प्रतिभा तर्फ सर्वोत्कृष्ट पर्वगीत म्युजिक भिडियोमा नव महिला मोडलको अवार्ड ‘भिजायो फरिया’गीतको भिडियोबाट चाँदनी श्रेष्ठले, सर्वोत्कृष्ट नवप्रतिभा आदिवासी गायिकाको अवार्ड ‘ङोल्स्यो मोयाले’बाट निमा तामाङले, नवप्रतिभा गायिका जुरी अवार्ड ‘पुराऊ माया’बाट सागरमाया जिरेलले प्राप्त गरे । यस्तै सर्वोत्कृष्ट राजवंशी म्युजिक भिडियोमा नव महिला मोडलको अवार्ड ‘इरो मोर मोन’बाट कौशिला राजवंशीले, सर्वोत्कृष्ट गुरुङ गीतको म्युजिक भिडियोमा नवमहिला मोडलको अवार्ड ‘ङिला रोदिरी’बाट दीपशिखा गुरुङले, सर्वोत्कृष्ट म्युजिक भिडियो पुरुष नवमोडलको अवार्ड ‘दुःखी मान्छे’बाट कृष्ण खत्रीले, पुरुष नवमोडल जुरी अवार्ड ‘पँधेरीको टुनी’बाट अर्जुन गुरुङले, पुरुष नवमोडल पब्लिक च्वाइस अवार्ड ‘साइँली’बाट ईश्वर गुरुङले, सर्वोत्कृष्ट मौलिक म्युजिक भिडियो पुरुष मोडल अवार्ड ‘तितो छ कि गुलियो’बाट सन्तोष थापा मगरले हासिल गरे ।
यस्तै सर्वोत्कृष्ट लोकदोहोरी गीतको पुरुष मोडल अवार्ड ‘झ्याप्पै’बाट सुरेश कोलीले, म्युजिक भिडियो महिला मोडलको जुरी अवार्ड ‘रानी बन’बाट काली तामाङले, सर्वोत्कृष्ट म्युजिक भिडियो नृत्य निर्देशक अवार्ड ‘परेवा जोडी’बाट सोनाम लामाले, म्युजिक भिडियो नृत्य निर्देशक जुरी अवार्ड ‘भमरा’बाट जोन राईले हासिल गर्दा ‘भमरा’ले वर्षको उत्कृष्ट गीतको अवार्ड पायो ।
यस्तै सर्वोत्कृष्ट म्युजिक भिडियो छायाकारको अवार्ड ‘दुई दिनको जिन्दगी’बाट भूपेन्द्र थापा मगरले, सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादकको अवार्ड ‘निर्माया’बाट पदम सुवेदीले, सर्वोत्कृष्ट म्युजिक भिडियो मेकअप आर्टिस्टको अवार्ड ‘ङोल्स्यो मोयाले’बाट सक्षम पुडासैनीले प्राप्त गरे । समारोहमा सर्वोत्कृष्ट सेलो गीत गायकको अवार्ड ‘धर्तीकी परी’बाट विक्रम लामाले, सर्वोत्कृष्ट तीज गीतका गायकको अवार्ड ‘भकारीको धन’बाट कुलबहादुर ओलीले हासिल गरे ।
समारोहमा डम्फुरे समाजका कलाकारहरुले डम्फु बजाउँदै गीतबाट मनोरञ्जन प्रदान गरेका थिए । सरु ढुँगेलको कोरियोग्राफीमा स्टुडियो ३६०का कलाकारहरुले दशैँ गीतमा नृत्य प्रस्तुत गरे भने अन्य विभिन्न कलाकारले नृत्य मार्फत कार्यक्रमलाई मनोरञ्जन प्रदान गरे । गायक कुलबहादुर ओलीले बादुले गीत गायर कार्यक्रममा रौनकता थपे ।
नेपाली गीत संगीतको प्रोत्साहनको लागि बिगत ६ वर्षदेखि यो अवार्ड प्रदान गर्दै आएको अवार्ड आयोजक क्वालिटी फिल्मस्का अध्यक्ष एवम चलचित्र निर्देशक उमेश गुरुङले बताए । कुलपति खनालले कार्यक्रमलाई अर्को वर्षबाट प्रतिष्ठानका तर्फबाट सहयोग गर्ने बाचा गरे ।
तस्बिर : बद्री थापा, ब्युटी न्युज नेपाल









