ब्युटी न्युज नेपाल
काठमाडौं, १३ बैशाख
आगामी २० बैशाख शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘दाल भात तरकारी’ मा समावेश आइटम गीत एन्टिबायोटिक खाउला…’को भिडियोमा अभिनेत्री प्रियँका कार्कीको नृत्य निकै कामुक बनेको छ ।
शुक्रबार रिलिज गरिएको यो गीतको भिडियोमा प्रियँकाको नृत्यलाई दर्शकले रुचाएका छन् । गीतले छोटो समयमै दर्शकको प्रसँसा र मायाँ पाईरहेको छ । भिडियोमा प्रियंकालाई बोल्ड अवतारले फिल्मलाई पनि फाईदा पुग्ने विश्वास गरिएको छ ।
फिल्मको कथा अनुसार दाल भात तरकारीको खल चरित्रको अखडामा प्रियँकाले नृत्य गरेकी छिन् । कुनै रिसोर्टको बीचमा रहेको पोखरीमा यो गीतको नृत्य सेट लगाईएको छ । रात्रीको दृष्य हरेको गीतसँगै नृत्य र कोरियोग्राफी पनि त्यत्तिकै आकर्षक बनेको छ । गीतमा कोरियोग्राफी कविराज गहतराजको रहेको छ ।
सार्वजनिक गीतमा प्रियंका कार्कीसँगै शिवहरी पौडेल, रविन तामाङ, शिशिर वाङदेल लगायतको पनि अभिनय छ । यसलाई चितवनमा छायाँकन गरिएको हो ।
प्रियंकाले आफु टिमसँग जोडिन पाउँदा खुसि लागेको बताएकी छिन । ‘यो टिमसँग जोडिन पाउँदा निकै खुसि लागेको छ’ प्रियंका भन्छिन् ‘गीतलाई जाडोमा छायाँकन गरेका हौ, त्यसबेला भएका दुखलाई यतिबेला प्राप्त गर्ने कमेन्टले बिर्साएको छ ।’
सार्वजनिक एन्टिबायोटिक खाउला गीतमा हरिवंश आचार्यको शब्द, शम्भुजित बास्कोटाको संगीत, मिना निरौलाको स्वर रहेको छ ।
उनि छायाँकनकै क्रममा बेहोस समेत भएकी थिइन् । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत, शिवहरी पौडेल , बसुन्धरा भुषाल, किरण केसी लगायतका कलाकारको मुख्य भूमिका छ । हरिवंश आचार्यको लेखन रहेको फिल्मलाई सुदन केसीले निर्देशन गरेका हुन् । यसै फिल्म मार्फत सुदनले निर्देशनमा डेब्यु गर्दैछन् । मह संचारको प्रस्तुतिमा तयार भएको फिल्मलाई किरण केसीले निर्माण गरेका हुन् ।