ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ कात्तिक
गत ३० असोजबाट प्रदर्शनमा भएको नेपाली चलचित्र ‘आ बाट आमा २’को सो शनिबारबाट फेरी बढेको छ । सँगै रिलिज भएको अरु चलचित्र विस्तारै कमजोर हुँदै जाँदा बक्स अफिसमा आफ्नो चलचित्र ‘आ बाट आमा २’को शो थपिएको यसका निर्देशक चन्द्र पन्तले बताएका छन् । शनिबार धेरै जसो शोहरु हाउसफुल भएको पनि निर्देशन चन्द्रले जनाएका छन् ।
प्रदर्शनको ९ औँ दिन शनिबार बिहान १०२ सो पाएको यो चलचित्रको दिउँसो बढेर ११३ सो पुगेको पनि निर्देशक चन्द्रले जानकारी गराए । यो चलचित्रले प्रदर्शनको ८ औँ दिन शुक्रबारसम्म ३ करोड ७५ लाख रुपैयाँ भन्दा माथि पुगेको पनि निर्माण पक्षले जनाएको छ ।

चलचित्रमा पल शाह, मलिका महत, विपना थापा, आकाश श्रेष्ठ, रिस्ता गुरुङ, निकिता आचार्य, सविन श्रेष्ठ, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलीप अखेडालगायत कलाकारको अभिनय छ। भारतीय अभिनेता प्रदीप रावत पनि चलचित्रमा देखिएका छन्।
चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशनमा बनेको यो चलचित्र गत वर्ष व्यावसायिक रूपमा सफल भएको ‘आ बाट आमा’को दोस्रो शृङ्खला हो। पहिलो भागले नेपाली बक्स अफिसमा १३ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको थियो। त्यसैले पनि यसको दोस्रो भागलाई दर्शकले प्रतीक्षाका साथ हेरेका छन्।
चलचित्रको ट्रेलरमा आमा र सन्तानबीचको सम्बन्ध, प्रेम, बिछोड, पारिवारिक सङ्घर्ष र भावनात्मक उतारचढावलाई प्रस्तुत गरिएको छ। आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको चलचित्रको नेपाल वितरण आरआर फिल्म्सले गरेको छ।








