ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ कात्तिक
गत साउने सक्रान्तिमा रिलिज भएको नेपाली चलचित्र ‘गौँथली’ले चलचित्र घरमा सफल प्रदर्शनको १०० दिन पुरा गरेको छ । अहिले पनि चलचित्र गौँथली ललितपुरको गुण सिनेमा लगायतका चलचित्र घरमा प्रदर्शन भइरहेको छ । यो वर्षको सर्वाधिक व्यापार गर्ने चलचित्रको रेकर्ड पनि गौँथलीले राखेको छ ।
चलचित्र गौँथलीले हालसम्म २६ करोड ३ लाख रुपैयाँ भन्दा माथिको व्यापार गरिसकेको छ । हालसम्म प्रदर्शन भएको नेपाली चलचित्रमा सबैभन्दा बढी व्यापार गर्ने दोस्रो चलचित्रको रेकर्ड पनि गौँथलीले राखेको छ । व्यावसायिक सफलतासँगै ‘गौँथली’ बेइजिङ लिफ्ट–अफ फिल्म फेस्टिभलमा समेत छनोट भएको छ।
डा. भोला रिजालको कथामा बनेको चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन्। मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रका निर्माता सुमन गिरी र डा. कपिल रिजाल हुन्। सय दिनको सफलताले नेपाली चलचित्रको व्यावसायिक सम्भावनालाई थप उजागर गरेको छ।








