फेसनको शोमा प्रदीप, आँचलदेखि साम्राज्ञीसम्मको क्याटवाक


ब्युटी न्युज नेपाल
काठमाडौंँ, ३० मंसिर

चौथो ग्लाम नेपाल इन्टरनेसनल २०२४ मा नेपालका चर्चित कलाकारले क्याटवाक गरेका छन् । शनिबार राती काठमाडौंको याक एन्ड यति होटलमा आयोजित यो फेशन शोमा अभिनेता प्रदीप खड्का देखि अभिनेत्रीहरु आँचल शर्मा, साम्राज्ञीराज्य लक्ष्मी शाह, मिरुना मगर, शिल्पा मास्केलगायतसम्म सोईस टपरको रुपमा प्रस्तुत भए ।

फेशन शोमा यी कलाकारहरुले चर्चित डिजाइनरले बनाएका लुगामा विभिन्न मोडलकासाथमा क्याट वाक गरेका हुन् ।

प्रारम्भ प्रोडक्सनको आयोजना रहेको फेसन शोमा बिभिन्न ९ सिक्वेलमा स्वयंम गुरुङ, सेन्स क्लिक, अफ, सम्राट कउचर, राइनो लेदर्स, आग्य खनाल, हुबा, अन्नुुस् क्रियसन, वेरा बाई जारा, राजन शाह लगायतका डिजाइनर्सका आकर्षक र नबिनतम पहिरन र्याम्प प्रस्तुत भएको थियो ।

फेसन शोमा कलाकार बाहेक पुरुष र महिला गरेर ३० मोडलले बिभिन्न पहिरनका आकर्षक डिजाइन र्याम्प वाक गरेका थिए ।

फेसन शो नयाँ र आकर्षक पहिरनको बारेमा फेसन प्रेमीलाई जानकारी दिने र फेसन डिजाइनरलाई प्रोत्साहन गर्ने उदेश्यले आयोजना गर्न लागिएको आयोजक प्रारम्भ प्रोडक्सनका फाउन्डर निर्देशक पवन आचार्यले जानकारी दिए । करिब तीन घन्टा चलेको शोमा कलाकार, ब्यवसायी लगायत बिभिन्न ब्यक्तिहरुको सहभागीता रहेको थियो ।