ब्युटी न्युज नेपाल
काठमाडौं, २१ माघ
काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार सम्पन्न ‘मिसेस नेपाल टुरिजम २०१९’ मा शिर्ष उपाधि काठमाडौं बौद्ध, फूलबारीकी शिक्षिका छिरिङ डोल्मा शेर्पाले जितेकी छिन् । यो प्रतियोगितामा छिरिङले मिसेस नेपाल टुरिजमका साथै बेस्ट हेयर उपाधि पनि पाइन् ।
स्टार वन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाबीच यो सौन्दर्य प्रतियोगिता आयोजना गरेको हो । यो प्रतियोगितामा दमककी शिक्षिका संगीता खड्का पौडेल फस्ट रनर अप, महाराजगन्जकी इन्दिरा लामिछाने सेकेन्ड रनर अप, कलंकीकी मुक्ता सेडाई थर्ड रनर अप घोषित भए ।
सो प्रतियोगितामा संगीता गौतम पब्लिक च्वाइससँगै भिवर्स च्वाइस, रोशनी अयर, मस्ट फोटोजेनिक, नम्रता लामिछाने बेस्ट र्याम्प वर्क, सविता थापा गिरी, बेस्ट कन्जिनियलिटी, कर्सन राई मस्ट गर्जियस, र समीक्षा लामिछाने मिसेस ब्युटीफुल घोषित भए ।
सो प्रतियोगितामा अभिनेता गजित विष्ट, अभिनेत्री अरुणा कार्की, मिसेस एसिया प्यासफिक इन्टरनेशनल २०१८ तथा मिसेस नेपाल इन्टरनेशनल २०१८, पेन्टागन कलेजका डाइरेक्टर डा. एसपी सिंह र सञ्चारकर्मी विकास थपलिया निर्णायक रहेका थिए। लगायत निर्णायक थिए ।
प्रतियोगिता पूजा निरौलाको आयोजना र बालकृष्ण पोखरेलको निर्देशनमा सम्पन्न भएको थियो । कार्यक्रम पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । अश्विनी झाको कोरियोग्राफीमा सम्पन्न यो प्रतियोगिताको फाईनल सञ्चालन पनि झाले नै गरेका थिए ।