जयन सुब्बा मानन्धर
काठमाडौं १३ भाद्र
विवाहित महिलाहरुको सौन्दर्यलाई लक्षित गरेर मलेसियामा भईरहेको अन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता ‘मिसेज क्विन ईन्टरनेशनल २०१८’ मा नेपालको पनि सहभागिता रहेको छ ।
३०अगस्टमा मलेसियाको राजधानी क्वालालाम्पुरको होटल सांग्रिलामा हुने यो प्रतियोगितामा ३३ राष्ट्रका महिलाहरुको सहभागिता रहेको छ । यो सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै मिसेज गुरुङ २०१८ की उपविजेता दुर्गा गुरुङ अहिले मलेशियामा छिन् । अगस्ट २५ देखि २९ सम्म बन्द प्रशिक्षणमा बसेकी दुर्गा फाईनलमा उत्रिँएकी छिन् ।
फार्इनलमा पुग्नु अघि दुर्गाले ट्यालेन्ट राउन्डमा अाँखैमा राख्छु मेराे देश…गीतमा नृत्य प्रस्तुत गरेर नेपाली संस्कृतिलार्इ चिनाउने काम गरेकी छिन् ।
ईएमआरले आयोजना गरेको यस सौन्दर्य प्रतियोगितामा बस्न खाने सबै व्यावस्था आयोजकनै गरेको छ । तर जाने आउने प्लेन टिकट खर्च प्रतियोगी स्वयमले व्यावस्था गर्नुपर्ने गुरुङले बताए ।
यो प्रयोगितामा सहभागी हुन २० वर्ष नाघेको विवाहित र एक सन्तानकी आमा हुनुपर्ने प्रावधान भएको नेपालका लागि मिसेज टुरिजम क्विन ईन्टरनेशनल २०१८ का कन्ट्री म्यानेजर विशाल गुरुङले बताए ।
३० वर्षकी दुर्गा गुरुङ विवाहित सँगसँगै ८ वर्षको एक सन्तानकी आमा हुन । त्यसैले सोही नियम अनुसारनै गुरुङलाई छनोट गरिएको उनले बताए ।
दुर्गा गुरुङ यस अघि पनि मिसेज गुरुङ २०१८ की उपविजेता हुन् । सौन्दर्य प्रतियोगिताको राम्रो अनुभव भएको ले नै उनी आयोजकको छनौटमा परेकी हुन् ।