व्युटी न्युज नेपाल
काठमाडौं, १९ साउन
सारिका भौकाजीले मिस टीन प्लस टु २०१८ को उपाधि जितेकी छिन्। स्टार वन इन्टरटेनमेन्ट प्रालिले प्लसटुमा अध्ययनरत किशोरीहरुबिच राजधानीमा आयोजना गरेका सौन्दर्य प्रतियोगितामा उनी उपाधि बिजेता बनेकी हुन् ।
यो प्रतियोगितामा मेरिना सुवेदी फष्ट रनरअप, स्मृति पराजुली सेकेन्ड रनरअप, अर्चना पाठक थर्ड रनरअप, लक्ष्मी सेवा मष्ट पपुलर चुनिएका छन् ।
बालकृष्ण पोखरेलको संयोजन तथा अश्विनी झाको कोरियोग्राफीमा सम्पन्न यो प्रतियोगितामा कमला तामाङ मिस ट्यालेन्ट, सभ्यता भण्डारी र्यारम वाक र मिस कन्जिनियालिटी, इसु लामा मष्ट फ्रेण्डली, रोजिना गमाल युथ विथ रेस्पोन्सिबिलीटी, अन्विसा रावल मष्ट गर्जियस, ऐश्वर्य थापा वेष्ट सिंगर, शिक्षा आचार्य मष्ट आइकोनिक आइज, रोशनी श्रेष्ठ फेशन आइकन घोषित भए ।
यस्तै, दिपिका अधिकारी मष्ट डिसिप्लेन, चन्द्रीका रावल मिस व्युटिफुल, कुसुम क्षत्री सोसियल वेलफेयर एमबेसडर, निरु कुचिकार वेष्ट पिलटनेस, सदिक्षा सिंह वेष्ट पर्सनालिटी र युट्युब भिवर्स च्वाईस तथा निमी शाक्य वेष्ट फिजीक भएका छन् ।
गीत संगीतको माहोलमा सम्पन्न प्रतियोगितामा गायक आनन्द कार्कीले गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। गायक धु्रव विस्कोले पनि गीत प्रस्तुत गरेका थिए।
प्रतियोगितामा गायक अनन्द कार्की, अधिवक्ता तथा अभिनेता कृष्ण ढुंगाना, लायन्स क्लबकी प्रथम महिला गर्भनर सुष्मा शर्मा, डा. शान्ता सापकोटा, पुर्ण लामा र हिसानका अक्ष्यक्ष युवराज शर्मा निर्णायक रहेका थिए ।