ब्युटी न्युज नेपाल
काठमाडौँ, ६ मंसिर
प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। भारतीय प्रधानमन्त्रीको निमन्त्रणामा ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी नेपाल वायुसेवा निगमको जहाजमार्फत भारत गएका हुन्।
प्रधानमन्त्री शाहको भ्रमणका क्रममा भारतीय उच्च अधिकारीहरूसँग भेटघाट तथा द्विपक्षीय सम्बन्धका विषयमा छलफल हुने कार्यक्रम रहेको छ।
निर्धारित कार्यतालिकाअनुसार प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको उडानमार्फत दिउँसो ३ बजेर ४५ मिनेटमा भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। विमानस्थलमा उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम छ।
विमानस्थलबाट प्रधानमन्त्री शाह सिधै नयाँदिल्लीस्थित होटल ताजमहल पुग्नेछन्। त्यहाँ साँझ ६ बजे भारतका विदेशमन्त्रीले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ।
दुईदिने भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय पक्षसँग उच्चस्तरीय भेटवार्ता गर्नेछन्। भ्रमणलाई नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने तथा आपसी हित र सहकार्यका विषयमा छलफल गर्ने अवसरका रूपमा हेरिएको छ।







