ब्युटी न्युज नेपाल
काठमाडौँ, ६ मंसिर
प्रधानमन्त्री बालेन्द्र शाह औपचारिक भारत भ्रमणका लागि ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको जहाजमार्फत मन्त्री, उच्च सरकारी अधिकारी, सल्लाहकार, सुरक्षाकर्मी तथा सञ्चारकर्मीसहितको टोली लिएर भारत गएका हुन्।
प्रधानमन्त्रीको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी छन्। त्यस्तै, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बञ्ज्याङ्कर, राजनीतिक सल्लाहकार आसिम शाह र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र पनि भ्रमण दलमा रहेका छन्।
टोलीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मुख्य सचिव गोविन्दबहादुर कार्की, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङ सहभागी छन्।
त्यसैगरी, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सुवास शर्मा, लगानी बोर्ड नेपालको कार्यालयकी प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याब, परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार जगदीश्वर पाण्डे र प्रधानमन्त्रीका स्वकीय सचिव प्रदीप परियार पनि भारत भ्रमणमा गएका छन्।

भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव गेहेन्द्र राजभण्डारी, शिष्टाचार महापाल कुमार राज खरेल, सहसचिव तथा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री, अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सूचना प्रविधि तथा डिजिटल गभर्नेन्स कार्यालयका सहसचिव सुवास ढकाल रहेका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुनील पौडेल र प्रधानमन्त्रीको सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक दीपा दाहाल पनि भ्रमण टोलीमा छन्।
त्यस्तै, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाकी उपसचिव ललिता सिलवाल, उपसचिव विजय राज तन्दुकार, परराष्ट्रमन्त्रीका मुख्य स्वकीय सचिव लोचन पौडेल, शिष्टाचार अधिकृत दीपकराज निरौला र दक्षिण एसिया महाशाखाका शाखा अधिकृत मनोज गैरे पनि टोलीमा सहभागी छन्।
प्रधानमन्त्रीको सुरक्षा तथा व्यक्तिगत सचिवालयबाट प्रमुख सेनानी बालमुकुन्द बिष्ट मुख्य एडिसीका रूपमा सहभागी छन्। सेनानी सुशील बानियाँ प्रधानमन्त्रीका सुरक्षा अधिकृतका रूपमा भ्रमणमा गएका छन् भने प्रहरी नायब उपरीक्षक दिपेश बस्याल पनि सुरक्षा अधिकृतका रूपमा टोलीमा रहेका छन्। प्रधानमन्त्रीका सञ्चारतर्फका स्वकीय उपसचिव विनय शाक्य पनि भ्रमण दलमा छन्।
भ्रमण टोलीमा सञ्चारमाध्यमका प्रतिनिधिहरू पनि सहभागी छन्। गोरखापत्रकी संवाददाता तारा हमाल ढुङ्गाना, राष्ट्रिय समाचार समिति (रासस)का संवाददाता कमलकुमार बस्नेत र नेपाल टेलिभिजनका भिडियोग्राफर अशोककुमार बस्नेत भ्रमण दलमा रहेका छन्।
त्यसैगरी, परराष्ट्र मन्त्रालयका उपशिष्टाचार महापाल प्रेमराज गौतम, प्रधानमन्त्रीका एडिसी सेनानी रोशन केसी र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक मुकेश डङ्गोल पनि भ्रमण टोलीमा सहभागी छन्। प्रधानमन्त्री शाहको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्ध, दुई देशबीचको आपसी सहकार्य तथा द्विपक्षीय हितका विषयमा छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।







