इन्फा अवार्डमा दुई नायकलाई नै उत्कृष्ट अभिनेताको अवार्ड प्रदान


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३१ साउन

काठमाडौँमा शनिबार अबेर रात सम्पन्न तेस्रो संस्करणको इन्फा अवाड्र्स २०२६ मा उत्कृष्ट अभिनेता विधामा नीर शाह र विपिन कार्की गरी दुई जनाले दुई फरक चलचित्रबाट अवार्ड जितेका छन् । संभवन यो अवार्डको इतिहासमा दुर्लभ निर्णय मानिएको छ ।

यो अवार्डमा उत्कृष्ट अभिनेताको लागि पाँच अभिनेता पाँच चलचित्रबाट मनोनयनमा परेका थिए । जस मध्ये चलचित्र ‘परान’ बाट नीर शाहलाई र चलचित्र ‘ऊनको स्विटर’ बाट विपिन कार्कीलाई उत्कृष्ट नायकको अवार्ड प्रदान गरिएको हो । आयोजकले दुबै अभिनेतालाई खुसी पार्न दुबैलाई बेस्ट अभिनेताको अवार्ड दिएको आरोप पनि लागेको छ ।

यसै प्रशँगमा दुई जना अभिनेता नै कसरी उत्कृष्ट भए त ? यस विषयमा सो अवार्डका निर्णायक रमेश बुढाथोकीले ब्युटी न्युज नेपालसँग भने,‘हामीले जजमेन्ट गर्दा निर शाहज्यू र विपिन भाई दुबै जनाको बराबार नम्बर आयो । यसरी बराबर नम्बर आएपछि एउटा दिँदा र अर्कोलाई नदिँदा अन्याय हुने देखियो । त्यसैले हामीले नै दुबै जना अभिनेतालाई उत्कृष्ट अभिनेताको अवार्ड दिनको लागि निर्णय गरेका हौँ ।’