संयुक्त सौन्दर्य उद्यमी ललितपुरले विभिन्न कार्यक्रम सहित वार्षिक उत्सव मनाउँदै


ब्युटी न्युज नेपाल
काठमाडौँ, २५ साउन

संयुक्त सौन्दर्य उद्यमी ललितपुरले आफ्नो पहिलो वार्षिक उत्सव विभिन्न कार्यक्रम सहित ३० साउनमा मनाउने भएको छ । यो समुहकी अध्यक्ष रिना अवालेका अनुसार ललितपुरको अग्नि पार्टी प्यालेस कुमारीपार्टीमा यो वार्षिक उत्सव आयोजना गरिने भएको छ ।

यो समुहको वर्षिक ११० जनालाई विधार्थीलाई प्रमाणपत्र प्रदान गरिने भएको छ । यस समुहको १८ जना ब्युटिसियन मिलेर हालै ललितपुरका ६ वटा तालिम केन्द्रमा ब्युटिसियन सम्बन्धि एक महिनाको तालिम प्रदान गरिएको थियो । तालिमसँगै उनीहरुलाई विभिन्न स्थानमा पुगेर सामाजिक कार्यपनि गराईएको थियो ।

तिनै विधार्थीहरुलाई यो प्रथम वार्षिक उत्सव समारोहमा प्रशिक्षणको प्रमाणपत्र प्रदान गरिने भएको छ । यो समुहको वार्षिक विवरण पनि कार्यक्रममा प्रस्तुत गरिने भएको छ । कार्यक्रकको प्रमुख अतिथि लतिलपुर उपमहानगर पालिकाको उपमेयर मञ्जली शाक्या तथा विशेष अतिथिमा महालक्ष्मी नगरपालिकाको उपमेयर लक्ष्मी महर्जन र गोदावरी नगरपालिकाको उपमेयर मुना अधिकारी रहने जानकारी पनि संयुक्त सौन्दर्य उद्यमी ललितपुरकी अध्यक्ष रिना अवालेले ब्युटी न्युज नेपाललाई गराएकी छिन् ।