ब्युटी न्युज नेपाल
काठमाडौँ, १२ साउन
नयाँ चलचित्र ‘फलानो ढिस्कानो’निर्माण हुने भएको छ । द्रव्य प्रोडक्सनको व्यानरमा हास्य फिल्म ‘फलानो ढिस्कानो’निर्माणको घोषणा गरिएको हो । निर्माण पक्षले मंगलबार यो चलचित्रको दुई पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरेको हो। तर चलचित्रको घोषणा समारोहमा फिल्मबारे पुरा जानकारी दिइएन ।
चलचित्र घोषणा समारोहमा अभिनेता साइग्रेस पोखरेल मुख्य अभिनेताको रुपमा उपस्थित भए । समारोहमा उनको पोष्टर सार्वजनिक गरियो ।
चलचित्र घोषणा कार्यक्रममा साइग्रेसले भने, ‘मैले आ बाट आमा खेल्छु त्यसपछि खेल्दिनँ भन्ने थियो तर यो नशा रैछ। त्यसैले यो फिल्मको कथा मन परेको कारण यो फिल्ममा अनुबन्ध भएको हुँ।’
यो फिल्ममा साइग्रेस बाहेक अरु कलाकारको चयन प्रकृया बाँकी छ । निर्माण टिमले विस्तारै अन्य कलाकार तथा प्राविधिकबारे जानकारी दिने बताएको छ । यस फिल्मलाई राजकुमारले निर्देशन गर्न लागेको हुन्। उनका अनुसार यो फिल्म दसैंपछि छायांकनमा जानेछन् ।

