चलचित्र भागदौडको ट्रेलर सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौँ, २१ असार

आगामी २६ असारबाट रिलिज हुने चलचित्र भागदौडको ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले आइतबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सिनेमाको २ मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो ।

यो चलचित्रमा विशाल पोखरेल, अनीशा श्रेष्ठ, घनश्याम जोशी, सारा राई, शेखर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शंकर महर्जन र सुभाष तिमिल्सिना लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

सार्वजनिक ट्रेलरमा मानिसको दैनिक जीवनको निरन्तर दौडधुप, संघर्ष र यथार्थलाई केन्द्रमा राखेको छ । साथै, ट्रेलरले आधुनिक समाजमा देखिने लोभ, लालच, जालझेल र ठगीजस्ता पक्षहरूबाट उत्पन्न हुने नैतिक संकटको कथा बोकेको  छ । विशेषगरी सिनेमाको मुख्य भूमिकामा देखिएका अभिनेता विशाल पोखरेल नेपाल प्रहरीको बर्दीमा  देखिएका छन् ।

यो सिनेमा हिमाल उप्रेतीको लेखन र निर्देशनमा निर्माण भएको हो । विश्वराम विष्ट प्रस्तुतकर्ता रहेको सिनेमा यही असार २६ गते शुक्रबारबमट देशव्यापी प्रदर्शन हुनेछ । निर्माण बिष्ट ‘भागदौड’ नपत्याउने खोलाले बगाउँछ भनेको जस्तै उत्कृष्ट बनेको दाबी गर्छन् । सेन्सर समेत पास भैसकेको सिनेमाले सेन्स्मा पाएको तारिफले उत्साहित देखिन्छन् ।

अंगिरा थापा कार्यकारी निर्माता रहेको सिनेमाका सह–निर्मातामा भूपेन्द्र कुमार खड्का, सागर पुरी र सुरेश गिरी रहेका छन् । सुप्रिम म्युजिक एण्ड फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको सिनेमामा दीपक बज्राचार्यको छायांकन, प्रवीन ढकालको सम्पादन, वसन्त सापकोटा र प्रकाश नेपालीको संगीत रहेको छ ।