२६ असारबाट ‘भागदौड’ आउने


ब्युटी न्युज नेपाल
काठमाडौँ, १५ असार

नयाँ नेपाली चलचित्र ‘भागदौड’ तयार भएको छ । यो चलचित्र यही असार २६ गतेदेखि देशभर प्रदर्शन हुँदैछ । हिमाल उप्रेतीको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा विशाल पोखरेल, अनिशा श्रेष्ठ, घनश्याम जोशी, शारदा राई (सारा), शेखर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शंकर महर्जन र सुवास तिमिल्सिनालगायत कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्रका प्रस्तुतकर्ता विश्वराम विष्ट हुन् । उनले चलचित्रले मनोरञ्जनसँगै सामाजिक सन्देश प्रवाह गर्ने बताए । चलचित्र निर्माणमा कुनै सम्झौता नगरिएको जानकारी दिँदै दर्शकको दृष्टिकोणबाट चलचित्र तयार गरिएको विष्टले जानकारी गराए ।

अंगिरा थापा कार्यकारी निर्माता रहेको उक्त चलचित्रमा भूपेन्द्रकुमार खड्का, सागर पुरी र सुरेश गिरी सहनिर्माताका रूपमा रहेका छन् ।