ब्युटी न्युज नेपाल
काठमाडौं, १३ असार
निर्देशक रामराजा दाहाल फेरी चलचित्र निर्देशनमा फर्कँदै छन् । हाल उनी ओस्कार इन्टरनेशनल कलेज अफ फिल्म स्टडिजका प्रिन्सिपल छन् । उनले बिगतमा वशमा छैन मेरो मन,कसम हजुरको,गुरु दक्षिणा,नेपथ्य लगायतका चलचित्रको निर्देशन गरेका थिए । उनी १२ वर्षपछि पुन निर्देशनमा फर्कन लागेका हुन् ।
रामराजाले निर्देशन गर्ने चलचित्रलाई निर्माता अविरल थापाले निर्माण गर्दैछन् । यो नयाँ फिल्मको लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन् । उनी चलचित्र ’बुलबुल’ र ’भूठान’का निर्माता हुन् ।
नेपाली चलचित्र ’बुलबुल’ मार्फत अहिलेकी चर्चित नायिका स्वस्तिमा खडकाले राष्ट्रिय अन्तराष्ट्रिय पुरस्कार पाउँदै चलचित्र उद्योगमा स्थापित भएकी थिईन भने हालै ’भूठान’मार्फत वरिष्ठ कलाकार हरिवंश आचार्यले पनि समीक्षक समाजले दिने उत्कृष्ट अभिनेता अवार्ड जितेको थिए ।
थापाले सार्वजनिक गरेको पोष्टमा भविष्यमा बन्न लागेको रोमान्टिक चलचित्रको लागि नयाँ नायिका चाहिएको र सोको लागि फर्म भर्न आव्हान गरेका छन् । फर्म भर्नको लागि पोष्टमा क्यूआर दिईएको छ सो मार्फत सोझै फर्म वा वेवसाईटमा पुग्न सकिन्छ । सो फर्मको भर्नको लागि ईच्छुकले थरिथरि साईजका फोटोहरु र आफनो कामको १ मिनेटको छोटो भिडियो र बायोडाटा अपलोड गर्नुपर्ने हुन्छ । उनले अबको नायिका २२ देखि २७ वर्ष भित्रको हुनपर्ने पनि खुलाएका छन् ।
निर्माता थापाले अब बन्न लागेको प्रेमकथा अहिलेसम्म नेपाली चलचित्रमा कहिल्यै नदेखिएको र यसले दर्शकहरुलाई मन्त्रमुग्ध बनाउँदै बिगतको सम्झनामा पुर्याउने बताए । अब खोजेको नायिकामा पनि दमदार अभिनय क्षमता हुनपर्ने र हेदैमा स्टार भाइव्स आउने लुक्स हुनपर्ने उनले बताए । उनका अनुसार जुलाई १६ अर्थात २०८३लअसार मसान्तसम्म फर्म भरिसक्नपर्ने र छानिएकाहरुको साउनभित्र अडिसन हुनेछ र वर्कशपमा राखिनेछ । दशैं लगत्तै चलचित्रको छायाँकन गर्ने लक्ष्य राखिएको छ ।


