दसैँमा दर्शकलाई ‘मैझारो’को नयाँ गीत ‘तिमीलाई के थाहा सानु’ उपहार


ब्युटी न्युज नेपाल
काठमाडौँ, १४ असोज

नेपाली चलचित्र ‘मैझारो’मा समावेश गीत ‘तिमीलाई के थाहा सानु’को भिडियो लाई यो दसैँको विशेष उपहार स्वरुप फूलपातीको दिन सोमबार रिलिज भएको छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार धिरज मगर र मिरुना मगरलाई अभिनय गराइएको छ। जहाँ मिरुना र धिरज प्रेमिल जोडीका रुपमा प्रस्तुत छन्। यो गीतमा चलचित्रको कथा अनुसार नै मिलाइएको निर्माण पक्षको भनाई छ। यो गीत रिलिज भएसँगै दर्शकले राम्रो प्रतिक्रिया दिन थालेका छन्।

गीतमा अनमोल गुरुङ र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ भने शब्स संगीत गायक अनमोलकै छ। गीतको एरेन्ज भने रिकेश गुरुङको छ । हास्यकलाकार विल्सन विक्रम राई (तक्मे बुढा) यही चलचित्रबाट चलचित्र निर्देशनमा उत्रिएका छन् ।

‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भएको यो फिल्मका गीतमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईले संगीत भरेका छन्। गायनमा राजेशपायल राई, झुमा लिम्बू ,मेलिना राई, अस्मिता अधिकारी लगायतको रहेको छ। सौरभ लामाले छायांकन गरेका फिल्मको वितरण आरआर फिल्मले गर्दैछ र डिजिटल अधिकार ओएसआरले लिएको छ। कार्तिक ७ गतेबाट अल नेपाल रिलिज हुन लागेको यो फिल्मको निर्माण कम्पनी तक्मे प्रोडक्सन हो ।

मौलिक प्रेम कथामा आधारित यो फिल्ममा फिल्ममा धिरज,मिरुनाका साथमा दिया पुन,बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय समावेश छ ।