१२ मँसिरमा ‘हर्ष’ हलमा, यस्तो छ नयाँ गीत


ब्युटी न्युज नेपाल
काठमाडौँ, ११ असोज

नेपाली चलचित्र ‘हर्ष’को नयाँ गीत सिठ्ठी मारेर…’को भिडियो बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको छ । यो नयाँ गीतमा प्रताप दास र सदिक्षा कट्टेलको स्वर रहेको छ । पवित्रा घिमिरेले लेखेको यो गीतमा एलिस कार्कीको संगीत छ ।

यसै बिच यो चलचित्रको रिलिज मिति पनि घोषणा गरिएको छ । चलचित्रको रिलिज मिति १२ मंसिर तोकिएको छ ।

यो गीतको भिडियोमा वर्षा राउत, खगेन्द्र लामिछाने, सन्तोष पन्तसहित मुख्य कलाकारहरू समेटिएका छन् । गीतको भिडियोमा पारिवारिक जमघटमा रमाइलो गरेको देखाइएको छ । भिडियोलाई सुनिल क्षेत्रीले कोरियोग्राफी गरेका हुन् ।

एकता पौडेलद्वारा निर्देशित चलचित्र ‘हर्ष’मा वर्षा राउत, खगेन्द्र लामिछाने, सन्तोष पन्त, विशाल पहारी, शर्मिला मल्ल, अंशु महर्जन, सुनिल क्षेत्री, माओत्से गुरुङ, लुनिभा तुलाधरलगायतका कलाकारको अभिनय छ ।

यो चलचित्रलाई स्वयं निर्देशक पौडेलले लेखेकी हुन् । सम्पूर्ण छायाङ्कन चितवनमा नै गरिएको यो चलचित्रलाई आलोक शुक्लले खिचेका हुन् । ‘हर्ष’ चलचित्रलाई प्रसन्न पौडेल तथा विकाश पौडेलले निर्माण गरेका हुन् भने कार्यकारी निर्मातामा हिकमत चोखाल हुन् । ‘हर्ष’मा समीर र हिमाल, वसन्त सापकोटा एवम् एलिश कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन, शिव रेग्मी, डा. कृष्णहरि बराल, पवित्रा घिमिरे, नीरकमल खड्काको शब्द रचना छ ।