नायक अनमोलले दर्शकसँग मागे माफी


ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ असोज

अभिनेता अनमोल केसीले दर्शकहरुसँग माफी मागरेका छन् । दर्शकले मन पराएको आफ्नो गीत एकाएक युट्युव च्यानलबाट उडेपछि यी अभिनेताले माफी मागेका हुन् ।

यहि असोज ३१ गतेबाट दर्शकमाझ आउन लागेको फिल्म ’जेरी अन टप’मा सोमवार नयाँ गीत ’कस्तूरी…’ को भिडियो युट्यूवमार्फत वल्र्ड प्रिमियर गरिएको थियो । तर यो गीत मंगलबार बिहानै युट्युवबाट एकाएक उड्यो ।

यो चलचित्रको निर्माण पक्षले प्राविधिक कारणले गीत उडेको बताएका छन् । अभिनेता अनमोलले पनि आफ्नो सामाजिक सञ्जालमा एक म्यासेज लेखेर गीत उडेकोमा माफी मागेका छन् । उनले गीत चाँडै फेरी आउने बताएका छन् ।

सुयोग गुरुङको निर्देशनमा तयार भएको ’जेरी अन टप’मा अनमोलसँगै आँचल शर्मा, जसीता गुरुङ, हाँस्य अभिनेता केदार घिमिरे ’माग्नेबुढा’, अभिनेता भुवन केसी र उषा खड्गी प्रमुख अभिनयमा छन् । अभिनेत्री सुरक्षा पन्तले यो फिल्ममा एक विशेष भुमिका निभाएकी छन् । सरोज न्यौपानेको प्रस्तुतिमा तयार यो फिल्मको निर्माणमा न्यौपानेसँग रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले साझेदारी गरेका छन् । फिल्मको कथा हेमराज बिसीको हो ।