ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ असोज
नेपाली चलचित्र ‘हरिबहादुरको जुत्ता’लाई युनिभर्सल सर्टिफिकेट प्राप्त भएको । यही फूलपाती १३ असोजबाट नेपाल सहित विभिन्न देशमा रिलिज हुने यो चलचित्र सेन्सर पास भएको छ। केन्द्रिय चलचित्र जांच समिति (सेन्सर बोर्ड) ले चलचित्रलाई सबैले हेर्न मिल्ने युनिभर्सल प्रमाणपत्र दिएको हो ।

सेन्सर बोर्डका कार्यसमितिका सदस्य चलचित्रको क्लाइमेक्स हेरेर भावुक बनेका थिए। चलचित्र हसाउदा हसाउदै भावुक बनाउने बनेको सेन्सर बोर्डका सदस्यले प्रतिक्रिया दिएका थिए। दिपेन्द्र के खनाल निर्देशित चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन्। कृष्ण बहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन्। वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ।


