फुलपातिमा जुध्न आउँदा हल नपाएपछि अभिमन्यूको रुवाबासी


गसिप

ब्युटी न्युज नेपाल
काठमाडौँ, २ असोज

चलचित्रको ट्रेलर रिलिज समारोहमा आफ्नो चलचित्रमा आफैँले टिकट काटेर देखाउन १२ लाख रुपैयाँ छुट्याएको घोषणा गरिएको चलचित्र ‘अभिमान्यु : च्याप्टर वान’को निर्माता अहिले रोईलो गरिरहेका छन् । आफ्नो चलचित्रको थिएटर साझेदार रहेको क्युएफएक्सले शो नदिने भएपछि निर्माता बिनोद पौडेलले फेसबेक मार्फत रुवाबासी गरेका हुन् ।

खासमा यो चलचित्र २७ भदौमा रिलिज हुनेवाला थियो । जेनजीको आन्दोलनका कारण यसको रिलिज स्थागित गरियो । जबकी आगामी फूलपातिमा हरिबहादुरको जुत्ता, बलिदान, माइतीघर जस्ता तीन नेपाली भेट्रान चलचित्र हुँदाहुँदै रिसव सेठ्ठीको भारतीय भेट्रान चलचित्र ‘कन्तरा २’ पनि यही मितिमा आउँदै छ ।

‘कन्तरा २’लाई क्युएफएक्स ग्रुपकै एप्पल इन्टरटेनमेन्टले नेपालमा वितरण गर्दैछ । उसनले बाँकी तीन नेपाली चलचित्र र ‘कन्तरा २’को लागि नेपालमा दसैँ रिलिजको लागि सोजहरु वितरण गरिसकेको छ । यस्तो अबस्थामा एक्कासी दसैँमा फूलपातिमै गएर जिध्नु भनेको बलिरहेका आगोमा हाम फाल्नु जस्तै हो ।

क्युएफएक्सबाट आफ्नो फिल्मलाई सोज नदिने भएपछि अभिमान्युका निर्माता विनोद पौडेलले फेसबुकमा यस्तो समेत लेख्न भ्याए, “फूलपातीमा ३ वटा ठूला फिल्म छ, तपाईँको चलचित्रलाई शो दिन सकिँदैन, अर्कै डेटमा लगाउनुस् र ३ अभिमन्यु लाई ‘कमिङ सुन’ मा पनि लिस्टिङ गर्न सकिँदैन भन्ने भइदियो भने, तिहारमा के हुने हो? हाम्रो टीमलाई हेपेर हैरान भएको छ। सबै सिनेमाघर होइन, धेरैजसोले यस्तै गरिरहेको छ। फिल्म ठूला वा साना चलेपछि मात्रै थाहा हुन्छ।”

स्मरण रहोसकी भाइटीकामा आउने भनेको ‘जारी २’ सरेर २१ कात्तिकमा पुगेको छ । जारी २ जस्तो चलचित्र र अरुसँग जुध्न नचाहेर २१ कात्तिकमा पुग्यो भने चलचित्र घर सञ्चालकहरुले फूलपातिमै जबरजस्ती रिलिज गर्नुलाई अभिमन्युको अनाबस्य दम्भ हो भन्छन ।

निर्माता विनोद चलचित्र उधोग बुझेको मान्छे भएकाले अरुको लहै लहैमा नलाग्न र उपयुक्त समयमा रिलिज गर्न पनि हल सञ्चालकहरुको आग्रह छ ।  त्यसैले चलचित्र घर सञ्चालकहरुले अर्को मितिमा रिलिज गर्नु भनेर अनुरोध गर्दा गर्दै फुलपातिमा तीन चलचित्रसँग जुध्न जानु भनेको आगोमा पुतली हामफाग्नु जस्तै हो । त्यसैले यो दम्भ त्यागेर अर्को राम्रो मितिमा रिलिज हुँदा अभिमान्युलाई पक्कै घाटा हुँदैन भन्ने धेरैको सुझाब छ ।  बरु रामै फाईदा हुने देखिन्छ । अब फूलपातिमा रिलिज गर्ने हो भने राम राम भन्नुको विकल्प छैन ।