मोहर नसकिँदै टिमले घोषणा गर्यो ढुकढुकी


ब्युटी न्युज नेपाल
काठमाडौँ, १ बैशाख

यतिबेला नयाँ चलचित्र ‘मोहर’ को निर्माण भईरहेको छ । हालै छायांकन सकिएको मोहरको निर्माण टिमले यो चलचित्र नसकिँदै आज नयाँ वर्षको अबसर पारे नयाँ चलचित्र निर्माणको घोषणा गरेको छ । नयाँ वर्ष २०८२ को पहिलो दिनमा चलचित्र ‘ढुकढुकी’ निर्माणको घोषणा गरिएको हो ।

ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार हुन लागेको यो चलचित्रलाई फिल्ममेकर प्रा.लिको प्रस्तुतिमा तयार गरिनेछ । फिल्ममा चुम्बन जंग शाही निर्माताको रुपमा छन् ।

यो फिल्मको छायांकन तिहारपछि सुरु हुने जानकारी दिइएको छ । फिल्मका लागि अहिले कोही पनि कलाकारहरु फाइनल गरिएको छैन ।

यसअघि फिल्म ‘ढुकढुकी’ विनोद मानन्धरले निर्माण गरेका थिए । यो फिल्मको पटकथा तथा संवाद ओम प्रतिकले लेखेका थिए । अब, ओम आफै ‘ढुकढुकी’ नाममा फिल्म बनाउन अगाडि सरेका छन् ।

ओमले निर्देशन गरेको तथा चुम्बन जंग शाहीले निर्माण गरेको फिल्म ‘मोहर’ साउनको २३ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्मको रिलिजपछि फिल्म ‘ढुकढुकी’को छायांकनको काम अगाडि बढाउने निर्माणपक्षले बताएको छ ।