अभियानद्धारा श्री स्वस्थानी मन्दिर क्षेत्र सरसफाई सम्पन्न


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ माघ

लायन्स क्लब आफ काठमाडौँ अभियानले शनिबार साँखु पुगेर साली नदी स्थित श्री स्वस्थानी मन्दिर परिसर सरसफाई गरेको छ । लायन्स क्लब अफ काठमाडौं अभियानकी चार्टर चेयर पर्सन सोनी कारन्जितको विशेष आतिथ्यता एवम् अभियानका अध्यक्ष नकुल गिरीको संयोजनमा सरसफाई कार्यक्रम आयोजना गरिएको हो ।

लायन्स क्लब आफ काठमाडौँ अभियानका पदाधिकारीहरुले श्री स्वस्थानी माताको मन्दिर परिसरमा सरसफाई गरेका हुन् । सो सरसफाई कार्यक्रममा चार्टर चेयर पर्सन सोनी कान्जितका साथमा अध्यक्ष नकुल गिरी, सचिव अन्जना श्रेष्ठ, कोषाध्यक्ष सुरेन्द्र गिरी, सदस्य सरिता भारतीलगायतका पदाधिकारीहरु सहभागी थिए ।

अभियानले विभिन्न धार्मिक तथा सांस्कृतिक क्षेत्रको सरसफाई गर्दै आएको र साली नदीमा जारी मेलाका कारण त्यहाँ फोहोर निकै बढेकाले शनिबार साली नदी पुगेर स्वस्थानी मन्दीर क्षेत्रको सर सफाई गरेको अध्यक्ष नकुल गिरीले ब्युटी न्युज नेपाललाई बताए ।