ब्युटी न्युज नेपाल
काठमाडौं, ९ माघ
नेपाली चलचित्र ‘महाभोज’को छायांकन पोखराबाट सुरु भएको छ । यो चलचित्रको छायांकनको तालिका ४५ दिनको राखिएको छ । मंगलबारबाट यसको छायांकन कास्कीको घाचोकबाट सुरु भएको हो । चलचित्रको पहिलो सट अभिनेता खगेन्द्र लामिछाने र कलाकार मोहन निरौलाले दिएका छन् ।
यसमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतको अभिनय रहेको छ ।
निर्देशक दिनेश राउतले आठौँ चलचित्रको रूपमा निर्देशन गरिरहेको यस चलचित्रलाई हिमाल कडरियाले निर्माण गरिरहेका छन् । चलचित्रलाई क्लक वर्क क्रियशन र पिक्चर फ्रेमले संयुक्त निर्माण गर्दै छन् ।
यसका कार्यकारी निर्माताहरू किरण नेपाली र सुदिप ढकाल हुन् । चलचित्रलाई विकास सुवेदीले लेखेका छन् भने छायाकार राजेश श्रेष्ठ हुन् । सम्पादन निमेष श्रेष्ठको, ध्वनि डिजाइन उत्तम न्यौपानेको, मुख्य सहायक निर्देशन दिनेश बहादुर रावतको रहेको छ । काफिया फिल्म्स् र कुबेर सिने डिस्ट्रिब्युसनले नेपालमा चलचित्रको वितरण गर्नेछन् ।