ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ माघ
नेपाली चलचित्र ‘रंगी’को दोस्रो गीत ‘तिम्रै संसारमा…’को भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियो ओएसआर डिजिटलबाट सोमबार सार्वजनिक भएको हो । गीतमा भीम बिसी र रजज्ञा श्रेष्ठको स्वर, भीम बिसीको शब्द, संगीत, उदयराज पौडेलको संगीत संयोजन तथा श्यामस्वेत रसाइलीको मिक्सिङ र मास्टरिङ रहेको छ ।
यो चलचित्र आगामी फागुन २ बाट चलचित्र हलमा रिलिज हुने भएको छ । सोमबार सार्वजनिक गरिएको भिडियोमा फिल्मका प्रमुख कलाकारहरू सलोन बस्नेत, नम्रता श्रेष्ठ, आयुषी ढकाल र सुमिन गुरुङको अभिनय छ । गीतले बाबु र छोरीको मायालाई चित्रण गरेको छ । गीतमा शिशिर खातीको कोरियोग्राफी छ ।
सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन छ । सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनीश गौतम निर्माता रहेको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ ।
फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, प्रिज्मा श्रेष्ठको मेकअप, रोमन बज्राचार्य, उदय पौडेल र विमल छिनलको सङ प्रोग्रामिङ रहेको छ । यसमा बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवल मान सिंह बस्नेतको प्रोडक्सन छ । रंगीलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दै छ ।