ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ माघ
नेपाली चलचित्र द्रौपदीको टिजर सोमबार रिलिज भएको छ । चैत ८ गते प्रदर्शनको तयारीमा रहेको छ ।
१ मिनेट ३७ सेकेन्डको टिजर एक महिला पात्रको वरिपरि घुमेको देखिन्छ । महिला संवेदनामा बनेको देखिने यस चलचित्रले एक अर्ग्यानिक अनि गम्भीर विषय उठाएको सङ्केत गरेको छ । चलचित्र द्रौपदी अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरी निर्माण भइरहेको बुझिएको छ । यसको स्क्रिप्ट करिब ४ वर्ष लगाएर लेखिएको हो ।
चलचित्रमा कथा, पटकथा, संवाद गीत तथा निर्देशन ऋषिराज आचार्यको रहेको छ । यो चलचित्रको डोल्पाको शे फोक्सुन्डो ताल लगायत कर्णालीको विभिन्न रमणीय स्थलहरूमा छायांकन गरिएको थियोे । हालसम्म कसैले छायांकन नगरेका एकदमै रमणीय भर्जिन स्थलहरूमा समेत छायांकन भएको छ ।
चलचित्रमा आश्विनी शाही , रबी ओड, कविराज भाम , जेल्सन अधिकारी , सुजाता तिमल्सिना , विष्णु ठडराई ( सुवास ) , प्रकाश ज्ञवाली ,सीता पौडेल , सुरज अधिकारी र ऋषिराज आचार्य स्वयंको पनि अभिनय रहेको छ । चलचित्रको गीतमा रबी ओड र इन्द्रकला राईको आवाज रहेको छ भने ऋतु आचार्य र सुवास ठडराई सह निर्माता हुन् । आर बि मुभिजमा बनेको चलचित्रका निर्माता ऋषिराज आचार्य र प्रकाश ज्ञवाली हुन् ।