पिताम्बरको टिजरलाई एक दिनमै १५ लाख दर्शकको साथ


ब्युटी न्युज नेपाल
काठमाडौं, १ माघ

२९ पुसमा सार्वजनिक गरिएको चलचित्र ‘पिताम्बर’को टिजरले रिलिजको २४ घण्टामा १५ लाख बढी भ्युज युट्युबमा पाएको छ । एक्सनपूर्ण टिजरमा २३ सय बढी दर्शकले प्रतिक्रिया दिएका छन् ।

फिल्मकी निर्देशक कृषा चौलागाईंले टिजर रिलिजको छोटो समयमा नै दर्शकबाट उत्कृष्ट प्रतिक्रियासहित १५ लाख बढी पटक टिजर हेर्नु फिल्मको टिमको लागि खुसीको कुरा भएको बताइन् । दर्शकले फिल्मको प्रमुख कलाकारहरूको एक्सनलाई निकै मन पराएका छन् ।

पिताम्बरमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष् पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रवीन्द्र भट्टराईको अभिनय छ ।

फिल्ममा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल)ले समेत अभिनय गरेका छन् ।

विशाल चौलागाईं निर्माता रहेको फिल्ममा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, आशीष अविरलको संगीत, हिमाल केसीको द्वन्द्व छ । फिल्म आरआर फिल्मस्ले वितरण गर्दैछ ।