ब्राइडल फेशन शोमा बिना बिजयी, दिलमायाँको विशेष फेशन शो


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ भदौ

काठमाडौंको डिल्ली बजारमा रहेको एमकेएम फेशन हाउसले काठमाडौंको राष्ट्रिय नाचघर जमलमा ‘एमकेएम फेशन हाउस ब्राइडल फेशन शो’ ग्राण्ड फिनाले आयोजना गरेको छ ।

एमकेएम फेशन हाउसबाट फेशन डिजाईन सम्बन्धि प्रशिक्षण लिएका डिजाईनरहरुबीच ब्राईडल फेशनमा प्रतिस्पर्धा भएको थियो । नजिकिँदै गरेको तीजको अबसर पारेर यो फेशन शो आयोजना गरिएको थियो ।

चर्चित अभिनेत्री गौरी मल्लको विशेष आतिथ्यतामा सम्पन्न सो प्रतिस्पर्धामा एमकेएम ब्राईडलतर्फ बिना बलामी रायले उत्कृष्ट ब्राईडल फेशन डिजाईनरको उपाधि जित्न सफल भएकी छिन् । यस्तै ब्राईडल फेशन डिजाइनरमै चन्दु बलामीले फस्ट रनर्सअपको उपाधि रेनु पन्जियारले सेकेन्ड रनर्सअपको उपाधि जिते । प्रतियोगितामा मिनित राई र नुहाङ्मा राईले पब्लिक च्वईस तथा कविता बस्नेतले भ्यूअर्स च्वाईस अवार्ड हाँसिल गरे । उनीहरुलाई अभिनेत्री गौरी मल्ल, एमकेएम फेशन हाउसकी अध्यक्ष दिलमायाँ मगरले बिजेताहरुलाई सो अवार्ड प्रदान गरे ।

ती डिजाईनरहरुले तयार पारेका ब्राईडल पहिरनहरुमा सजिएर विभिन्न मोडलहरु र्याम्पमा उत्रिएका थिए । सोही आधारमा निर्णायकले उत्कृष्ट ब्रार्ईडल फशेन चयन गरेका हुन् ।

सो फेशन समारोहमा एमकेएम फेशन हाउसकी अध्यक्ष एवम् लोकप्रिय फेशन डिजाईनर दिलमायाँ मगरले तयार गरेका पहिरन पनि विभिन्न मोडलहरुले प्रस्तुत गरे । बिगत समय देखि फेशन डिजाईनमा सक्रिय दिलमायाले तयार गरेका विभिन्न डिजाईन फेशनहरु यस अघि पनि एकल फेसन शोको रुपमा धेरै पटक प्रस्तुत भईसकेका छन् ।