नेफ्टा अवार्डमा छक्का पञ्जा ३ उत्कृष्ट


ब्युटी न्युज नेपाल
काठमाडौं, २९ फागुन
विभिन्न विधामा अवार्ड प्रदान गर्दै १०औं नेफ्टा अवार्ड शनिबार राती सम्पन्न भएको छ ।चलचित्र प्राविधिक संघद्धारा आयोजित अवार्ड समारोहमा फिल्म छक्का पञ्जा ३ ले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक सहित ६ वटा विधामा अवार्ड पाएको छ । यस्तै चलचित्र प्रसादले पनि ६ विधामा अवार्ड प्राप्त गरेको छ । अवार्ड समारोहमा उत्कृष्ट निर्देशकको अवार्ड छक्का पञ्जा ३ बाट दीपाश्री निरौलाले हाँसिल गरिने भने उत्कृष्ट अभिनेताको अवार्ड प्रसादबाट विपिन कार्कीले र उत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र साइँलीबाट मेनुका प्रधान प्राप्त गरे ।

कार्यक्रममा साउन्ड इन्जिनियर प्रदीपकुमार उपाध्याय र प्रकाश व्यवस्थापक नारायण तमिल्सिनालाई ५१ हजार १११ नगदसहित दीर्घ साधना सम्मान प्रदान गरिएको थियो । प्राविधिक क्षेत्रमा आजिवन योगदान दिएको भन्दै उनीहरुलाई सम्मान गरिएको हो ।

२०७५ सालमा प्रदर्शित फिल्मलाई अवार्ड प्रदान गरिएको हो । यसपटक पपुपल अभिनेताको अवार्ड अनमोल केसी र पपुलर अभिनेत्रीको अवार्ड साम्राज्ञी राज्यलक्ष्मी शाहले प्राप्त गरे । अवार्डको निर्णायकमा अभिनेत्री गौरी मल्ल, पत्रकार ध्रुव लम्साल, छायाँकार दीपक बज्राचार्यलगायत थिए ।

उपराष्ट्रपति नन्दबहादुर पनको प्रमुख आतिथ्यतामा भएको अवार्ड कार्यक्रममा यसपटक चलेका कलाकारहरुको उपस्थिति न्युन थियो । आयोजक भन्दा कार्यक्रम स्पोन्सरको दबदबा रहेको अवार्ड समारोहमा कैयौं कलाकारले बस्ने सिटसम्म पाएका थिएनन् । दिउँसो २ बजे निम्ता गरिएको साँढे दुई घन्टापछि सुरु भएको थियो । कार्यक्रम सकिँदा रातको ९ बजेको थियो ।

अवार्ड विजेताहरु यसप्रकार छन्

मेकअप एन्ड हेयर ः शमशेर लामा (रोमियो एन्ड मुना)

कस्ट्युम डिजाइनर ः युबी थापा (इन्टुमिन्टु लन्डनमा)

कला निर्देशक ः पासाङ टी शेर्पा (रोमियो एन्ड मुना)

ब्याकग्राउन्ड स्कोर ः एलिस कार्की (डमरुको डन्डिबियो)

ध्वनी मिश्रण ः मुकेश शाह (डमरुको डन्डिबियो)

गीतकार ः जाऊँ माया सरर, गणेश शाह (प्रसाद)

संगीत ः जाऊँ माया सरर, सुवास भुषाल (प्रसाद)

एरेन्जर ः जाऊँ माया सरर, उदयराज पौडेल (प्रसाद)

गायक ः जाऊँ माया सरर, केतन क्षेत्री (प्रसाद)

गायिका ः समिक्षा अधिकारी (नाइँ नभन्नू ल ३)

कथा ः छक्का पञ्जा ३

पटकथा ः छक्का पञ्जा ३ (दीपकराज गिरी)

संवाद ः सुशिल पौडेल (प्रसाद)

ट्रेलर ः साहिल खान (ए मेरो हजुर ३)

भीएफएक्स ः रोमियो एन्ड मुना

रङ संयोजन ः अर्जुन कार्की (हरी)

आदिवासी जनजाति ः प्राङ्गना (तामाङ फिल्म)

सह–अभिनेत्री (महिला) ः सुरक्षा पन्त (गोपी)

सह–अभिनेता (पुरुष) ः अनुप बराल (डमरुको डन्डिबियो)

अभिनेता–खल चरित्र ः प्रमोद अग्रहरी (कथा काठमाण्डू्)

अभिनेता हास्य ः केदार घिमिरे (छक्का पञ्जा ३)

द्वन्द्व निर्देशक ः चन्द्र पन्त (रणवीर)

नृत्य निर्देशक ः कविराज गहतराज (ए मेरो हजुर ३)

नव अभिनेत्री ः सुहाना थापा (ए मेरो हजुर ३)

नव अभिनेता ः धीरज मगर (इन्टु मिन्टु लन्डनमा)

नव निर्देशक ः संगीता श्रेष्ठ (कथा काठमाडौं)

दृष्य सम्पादक ः मित्र गुरुङ (कथा काठमाडौं)

छायांकार ः चिन्तनराज भण्डारी (हरी)

पपुलर अभिनेत्री ः साम्राज्ञी शाह

पपुलर अभिनेता ः अनमोल केसी

पपुलर फिल्म ः छक्का पञ्जा ३

जुरी अवार्ड फिल्म ः हरि

अभिनेता ः बिपिन कार्की (प्रसाद)

अभिनेत्री ः मेनुका प्रधान (साइँली)

निर्देशक ः दीपाश्री निरौला (छक्का पञ्जा ३)

उत्कृष्ट चलचित्र ः छक्का पञ्जा ३