देस्रो सातामा  खस्कियो चलचित्र बेहुली, यस्तो छ व्यापार


ब्युटी न्युज नेपाल
काठमाडौँ, ५ असोज

यति बेला दोस्रो सातामा प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘बेहुली’को व्यापार अहिले निकै खस्केको छ । पहिलो सातामा यो चलचित्रले तीन दिनसम्म इन्निसेल व्यापार गरेको थियो । तीन दिनको व्यापार हेर्दा यो चलचित्रले ६ देखि ७ करोड दोस्रो साता मित्र कमाउँछ भन्ने धेरैको अनुमान थियो । तर यो चलचित्रले रिलिज भएको १० दिनमा बक्स अफिसमा जम्मा २ करोड ६८ लाख २८ हजार ५ सय २९ रुपैयाँको व्यापार गरेको छ ।

१० दिन अघि एक साथ दुई चलचित्र बेहुली र पेन्सन पट्टा रिलिज भएको थियो । पेन्सन पट्ट अहिले व्यापारिक हिसावले माथि उक्लि रहेको छ । तर बेहुलीको व्यापार निकै खस्कि सकेको छ । यो चलचित्रको १० दिनमा नेपाल भरका चलचित्र घरमा ९४ हजार ८८५ वटा टिकट बिक्री भएको देखिन्छ ।

यो चलचित्र टिकटकर कुल ब्वाईका कारण सुरुका तीन दिनमै निकै चल्यो । तर त्यसपछि भने फिल्म दर्शक तान्न सकेन । सुरुको तीन दिनसम्म यो चलचित्र हेर्न कुला ब्वाईका फानहरु हलसम्म आएका थिए । त्यस त यो फिल्म चलाउन थुप्रै टिकट किनेर दर्शकलाई बाँढीको चर्चा पनि नचलेको हैन । तर यसको जवाफ हामीसँग छैन ।

सशान कँडेलको निर्देशनमा नबेको फिल्म ‘बेहुली’ निर्देशकीय हिसावले कमजोर भएकै कारण यसको व्यापार खस्केको विश्लेसकहरु बताउँछन् । पहिलो हप्तको तुलनामा दोस्रो सातामा यो चलचित्रको व्यापार खस्केर एक चौथाइमा सिमिति रहेको चलचित्रकर्मीहरु बताउँछन् ।