ब्युटी न्युज नेपाल
काठमाडौँ, ३ असोज
‘छ माया छपक्कै २’ असोज ३१ गतेबाट प्रदर्शनमा आउने भएको छ। दीपेन्द्र लामा निर्देशित ‘छ माया छपक्कै २’ले शुक्रबार नयाँ पोस्टरसहित आफ्नो प्रदर्शन मिति सार्वजनिक गरेको हो। रोहित अधिकारी निर्माता रहेको फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, सनिशा भट्टराई, दीपाश्री निरौला, निर्मल शर्मा, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय रहेको छ।
सामाजिक–राजनीतिक कथावस्तुमा आधारित यो फिल्म ‘छ माया छपक्कै’को दोस्रो श्रृंखला हो। फिल्मको पटकथा दीपकराज गिरी र दीपेन्द्र लामाले तयार पारेका हुन्।

रोहित अधिकारी र दिपेन्द्र लामाको निर्देशनमा तयार भएको चलचित्रको पहिलो भाग सुपरहिट रहेको थियो। उक्त चलचित्रले पानीको समस्यालाई गहन रुपमा प्रस्तुत गरेको थियो । अव यो चलचित्रको पहिलो झलकमा उत्पन्न भएको दुई गर्भवती महिला र उनीहरुको दिपकसंग के सम्बन्ध छ भन्ने रहस्य असोज ३१ पछि खुल्दै जानेछ।






