‘फेस अफ जुनियर मोडल सिजन–२’ सम्पन्न, शुभम, सन्ध्या र परिशा बने विजेता


ब्युटी न्युज नेपाल
भदौ २६, काठमाडौं

बालबालिका तथा युवाको आत्मविश्वास, व्यक्तित्व विकास, प्रतिभा र नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको ‘फेस अफ जुनियर मोडल सिजन–२’ को भव्य ग्रान्ड फिनाले सम्पन्न भएको छ।

ब्ल्याक बर्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा सञ्चालित प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा शुक्रबार काठमाडौंस्थित राष्ट्रिय नाचघर, जमलमा सम्पन्न भएको हो। विभिन्न आकर्षक प्रस्तुति, प्रतिस्पर्धात्मक चरण तथा सम्मान समारोहका बीच प्रतियोगिताको ग्रान्ड फिनाले सम्पन्न भएको थियो । कार्यक्रममा चर्चित हास्य कलाकार तथा अभिनेता जितु नेपाल विशेष अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रमको सञ्चालन चर्चित फेसन कोरियोग्राफर तथा सञ्चार व्यक्तित्व रोजिन शाक्यले गरेका थिए।

प्रतिस्पर्धामा ब्वाईज तर्फ शुभम विश्वकर्मा बने बिजेता
ब्वाईज समूहअन्तर्गत शुभम विश्वकर्माले उपाधि विजेता बनेका छन् । मर्लिन तामाङले पब्लिक च्वाईस, पेमा नोर्बु लामाले फस्ट रनरअप तथा सुमिन सुस्लिङ मगरले सेकेन्ड रनरअपको उपाधि प्राप्त गरे । ब्वाईज समूहअन्तर्गत विभिन्न विधामा उत्कृष्ट घोषित हुनेहरूमा जिरान रत्न शाक्य, मोस्ट ट्यालेन्ट, अभिरल सुनार मोस्ट क्वाटवाक, पेमा नोर्बु लामा उत्कृष्ट कला प्रस्तुति, दिवांश पौडेल उत्कृष्ट पाककला तथा सर्वाधिक आत्मविश्वासी, आग्राज डोटेल आकर्षक व्यक्तित्व र सर्वाधिक फोटोमैत्री, पेम पासाङ शेर्पा व्यवस्थापन छनोट, प्रणव घिमिरे सर्वाधिक मिलनसार, शुभम विश्वकर्मा उत्कृष्ट गायन तथा सुमिन सुस्लिङ मगर वर्षकै उत्कृष्ट प्रस्तोताका रूपमा चयन भए ।

सिनियर गर्लतर्फ सन्ध्या श्रेष्ठ विजेता
डोल्मा तामाङले मोस्ट पपुपरको अवार्ड, एलिना लिम्बmुे फस्ट रनरअप, युनिक राईले पब्लिक च्वाईस अवार्डसँगै सेकेन्ड रनरअप, अन्जिला थिङले थर्ड रनरअपको उपाधि जिते । यस्तै सिनियर गर्ल तर्फ नै अन्जिला थिङ उत्कृष्ट क्याटवाक तथा फोटोजेनिक, समृद्धि राज भण्डारी मोष्ट ट्यालेन्ट, मिङ्मा शेर्पा उत्कृष्ट कला प्रस्तुति, सन्ध्या श्रेष्ठ उत्कृष्ट नृत्य तथा मिस प्रेस्टिज, प्रदिन्शा दङ्गाल म्यानेजमेन्ट च्वाईस, अलिन लिम्बू मोस्ट कन्फिडेन्ट, युनिक राई बेस्ट पर्सनालिटी, प्रितिका केसी उत्कृष्ट पाककला, डिक्की शेर्पा मिस कन्जेनियलिटी, प्रस्तुति थापा मिस भिजनरी, डोल्मा तामाङ मिस डिभाइन तथा मिस ग्ल्यामर र रेजु कुँवर उत्कृष्ट गायन विधामा उत्कृष्ट घोषित भए।

जुनियर गर्लतर्फ परिशा लामा बिजेता
जुनियर गर्लतर्फ परिशा लामाले उपाधि जितिन् भने मोस्ट पपुलरको अवार्ड पनि पाईन् । सरुना तामाङले पब्लिक च्वाईस घोषित भईन् । यस्तै रिजाना तामाङ फस्ट रनरअप, अलिशा आचार्यले सेकेन्ड रनरअप तथा दिवा दङ्गालले थर्ड रनरअपको उपाधि प्राप्त गरे।

यस समूहमा परिशा लामा उत्कृष्ट क्वाटवाक तथा उत्कृष्ट नृत्य, जेनिशा केसी मोस्ट ट्यालेन्ट र मोस्ट कन्फिडेन्ट, सोनु लामा उत्कृष्ट पाककला, सोफिया तामाङ उत्कृष्ट कला प्रस्तुति तथा मिस कन्जेनियलिटी, स्वस्तिका तामाङ म्यानेजमेन्ट च्वाईस, दिवा दङ्गाल मोस्ट डिसिप्लेन, रिन्चेन साङ्मु तामाङ बेस्ट पर्शनालिटी, हिसिला बुढा मोस्ट फोटोजेनिक, रिजाना तामाङ उत्कृष्ट गायन, सरुना तामाङ वर्षकै क्युट बालिका तथा अलिशा आचार्य ब्युटी विथ पर्पोज घोषित भए । त्यस्तै बिपना थापा मोस्ट एक्टिभ घोषित भइन् ।

कार्यक्रमलाई सफल बनाउन कार्यक्रम निर्देशक तथा ब्ल्याक बर्ड इन्टरटेनमेन्टकी प्रबन्ध निर्देशक सबिना श्रेष्ठको नेतृत्वमा रहेको टोलीले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। प्रतियोगिताका आधिकारिक नृत्य कोरियोग्राफर सन्दीप भुजेल, कोरियोग्राफर सुमी बानियाँ, ड्रेस डिजाइनर अस्मिता श्रेष्ठ, मेकअप आर्टिस्ट नेहा खड्का, कार्यक्रम फोटोग्राफर विशाल सुनुवार, भिडियोग्राफर बिक्रम तामाङ, ग्राफिक डिजाइनर लक्ष्मी कुमार शाह, कार्यक्रम संयोजक जमुना शाही तथा जेनिशा सुनुवार लगायतको टोलीले कार्यक्रम व्यवस्थापन तथा पोडक्सनमा योगदान पु¥याएको थियो।

प्रतियोगिताको भव्य ग्रान्ड फिनालेसँगै ‘फेस अफ जुनियर मोडल सिजन–२’ बालबालिका तथा युवाको प्रतिभा, आत्मविश्वास, अनुशासन, व्यक्तित्व र नेतृत्व क्षमता विकास गर्ने महत्वपूर्ण मञ्चका रूपमा सम्पन्न भएको आयोजक एवम् कोरियोग्राफर सन्दीप भुजेल जनाए । उनले ब्ल्याक बर्ड इन्टरटेनमेन्ट प्रालिको तर्फबाट प्रतियोगितामा सहभागी सम्पूर्ण प्रतियोगी, अभिभावक, निर्णायक, अतिथि, प्रायोजक, सञ्चारमाध्यम तथा सहयोगीप्रति आभार व्यक्त गरे ।

प्रतियोगिताको निर्णायक मण्डलमा अभिनेता तथा मोडल यशराज गराज,  मोडल जिशु कोइराला, इन्फिनिटी एडभरटाइजिङ प्रालिकी कार्यकारी निर्देशक इन्द्र श्रेष्ठ, अभिनेता तथा मोडल आनन्द सिंह तथा पेजेन्ट विजेता एवं फेसन कोरियोग्राफर अलिशा शंकर रहेका थिए ।