ब्युटी न्युज नेपाल
काठमाडौँ, २६ भदौ
आज शुक्रबारदेखि दुई नयाँ नेपाली चलचित्र ‘बेहुली’ र ‘पेन्सन पट्टा’ एकसाथ देशभरका सिनेमा हलमा प्रदर्शनमा आएका छन्। फरक कथावस्तु र प्रस्तुतिसहित निर्माण भएका यी चलचित्रले आजदेखि औपचारिक रूपमा व्यावसायिक प्रदर्शन थालेका हुन्।
माओत्से गुरुङको निर्देशनमा तयार भएको ‘पेन्सन पट्टा’ले भारतीय सेनामा कार्यरत लाहुरेको परिवारले भोग्ने सामाजिक तथा कानुनी समस्याको कथा प्रस्तुत गर्छ। ऋण तिर्न धितो राखिएको पेन्सन पट्टा फिर्ता ल्याउने क्रममा आमाको नाम फरक परेपछि उत्पन्न हुने समस्या र त्यसले परिवारमा ल्याउने संघर्ष चलचित्रको मुख्य विषय हो।
चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङलगायत कलाकारको अभिनय रहेको छ। दुवै चलचित्र आजदेखि देशभरका हलमा प्रदर्शनमा आएका छन्।
शशान कँडेलको निर्देशनमा बनेको ‘बेहुली’ पारिवारिक तथा प्रेमकथामा आधारित चलचित्र हो। ‘बेहुली’मा पारस बम ठकुरी, दिब्य रायमाझी, सुशान्त कार्की, सन्तोष बानियाँ र पदम तामाङलगायत कलाकारको अभिनय छ।





