ब्युटी न्युज नेपाल
काठमाडौँ, १२ भदौ
नेपाली चलचित्र ‘पर्वती’ शुक्रबारबाट देशव्यापी चलचित्र घरमा रिलिज भएको छ । यो चलचित्रको निर्माता, निर्देशक, नायिका तथा लेखक निता ढुँगाना हुन । निताले आफ्नो चलचित्रले शुक्रबार देशभरका चलचित्र घरमा गरेको पहिलो दिनको व्यापारको पैसा बाढी पीडितलाई सहयोग गर्ने बताएकी छिन् । मुलुकका १२० भन्दा बढी चलचित्र घरमा आफ्नो चलचित्र रिलिज भएको पनि उनले बताएकी छिन् ।

चलचित्रमा नीतासँगै अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल र दीप्तप्रकाश अधिकारीलगायतको अभिनय रहेको छ । चलचित्रका निर्माता हरिहर अधिकारी हुन् । चलचित्रमा दिदी भाईको भावनात्मक सम्बन्धलाई प्रस्तुत गरिएको छ । जसमा अटिजम भएकाहरुको समस्या र सफलतालाई पनि समेटिएको छ ।
शिवम् अधिकारीको पटकथा रहेको चलचित्रको छायांकन सुदीप बरालले गरेका छन्। साहिल खानले सम्पादन तथा टिजर–ट्रेलर निर्माण गरेका छन् भने नृत्य निर्देशन रामजी लामिछानेको छ । नेपालमा चलचित्रको वितरण एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले गरेको छ ।






