यी विधाहरुमा प्रदान गरियो इन्फा अवार्ड


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३१ साउन

इन्फा इभेन्ट्स यूके तथा इन्फा इन्फा इभेन्ट्स नेपालको संयुक्त आयोजनामा तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड ९इन्फा अवाड्र्स नेपाल–२०२६० शनिवार काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ । सोही समारोहमा अग्रज अभिनेता मदनकृष्ण श्रेष्ठलाई १ लाख ११ हजार १११ रुपैयाँ सहित लाईफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरियो ।

कार्यक्रममा विभिन्न चलचित्रका कलाकार प्राविधिकलाई अवार्ड प्रदान गरियो । यसमारोहमा यी अवार्डहरु प्रदान गरिएको थियो ।

१. उत्कृष्ट चलचित्र

ऊनको स्विटर- आर्टमाण्डु नेपाल

२. उत्कृष्ट निर्देशक

नवीन चौहान-  ‘ऊनको स्विटर’

३. उत्कृष्ट अभिनेता

नीर शाह- ‘परान’

विपिन कार्की- ‘ऊनको स्विटर’

४. उत्कृष्ट अभिनेत्री

मिरुना मगर- ‘ऊनको स्विटर’

५. उत्कृष्ट चरित्र अभिनेत्री

लक्ष्मी गिरी- ‘श्री बुकुरो’

६. उत्कृष्ट चरित्र अभिनेता

सन्तोष पन्त- ‘हर्ष’

७. उत्कृष्ट द्वन्द्व निर्देशक

श्री श्रेष्ठ- ‘राम नाम सत्य’

८. उत्कृष्ट खलपात्र

श्रृष्टि श्रेष्ठ- ‘द ब्लू लाइट’

९. उत्कृष्ट छायांकार

निमेष रेग्मी- ‘जेरीः अन टप’

१०. उत्कृष्ट सह–अभिनेता

प्रकाश दाहाल- ‘अभिमन्यू’

११. उत्कृष्ट सह–अभिनेत्री

आँचल शर्मा- ‘जेरीः अन टप’

१२. उत्कृष्ट पार्श्व संगीत

मोहक श्रेष्ठ- ‘द ब्लू लाइट’

१३. उत्कृष्ट नव–अभिनेत्री

श्यामश्री शेर्पा- ‘माइतीघर’

१४. उत्कृष्ट नव–अभिनेता

विमोचन दवाडी- ‘झरीपछिको इन्द्रेणी’

१५. उत्कृष्ट पार्श्व गायिका

झुमा लिम्बु- ‘ऊनको स्विटर’ (काफ्ले)

१६. उत्कृष्ट पार्श्व गायक

सुजन चापागाईं- ‘ऊनको स्विटर’(९फूलहरू)

१७. उत्कृष्ट गीतकार

हर्क साउद- ‘ऊनको स्विटर’ (फूलहरू)

१८.  उत्कृष्ट पटकथा

नवीन चौहान र सुरज-  ‘ऊनको स्विटर’

१९. उत्कृष्ट सम्पादन

निमेष श्रेष्ठ- ‘जेरीः अन टप’

२०. उत्कृष्ट नृत्य निर्देशक

रामजी लामिछाने- ‘मोहर’ (चाहिँदैन मोहर)

जुरी अवार्ड

जुरी अवार्ड अभिनेता

सौगात मल्ल, सिटामोल

जुरी अवार्ड निर्देशक

सुदीप्ता अधिकारी, रमिताको पिरती

जुरी अवार्ड चलचित्र

समुद्र भट्ट, गुन्यु चोलो

मदनकृष्ण श्रेष्ठलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड