‘मास्टर्नी’ हेर्ने दर्शकलाई इलेक्ट्रिक स्कुटर जित्ने अवसर


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३० साउन

भदौ ५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मास्टर्नी’ले दर्शकका लागि आकर्षक अफर सार्वजनिक गरेको छ। चलचित्रको भदौ ३ देखि ९ गतेसम्म खल्ती एपमार्फत टिकट खरिद गर्ने दर्शकमध्ये एक भाग्यशालीले बीजीएयुएस  इलेक्ट्रिक स्कुटर जित्ने अवसर पाउनेछन्।

निर्माण टिमले ‘टिकट किन्नुहोस्, फिल्म हेर्नुहोस् अनि स्कुटर जित्ने अवसर नछुटाउनुहोस्’ भन्ने नारासहित यो योजना अघि सारेको हो। उक्त अवधिमा खल्ती एपबाट ‘मास्टर्नी’को टिकट खरिद गर्ने दर्शकमध्ये एक जनालाई भाग्यशाली विजेता छनोट गरी स्कुटर प्रदान गरिने जनाइएको छ।

चलचित्रको ट्रेलर, टिजर तथा ‘गुराँस फुल्दा’ गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छन्। प्रचारप्रसारमा व्यस्त ‘मास्टर्नी’को निर्माण टिमले दर्शकको प्रतिक्रियाबाट आफूहरू उत्साहित भएको जनाएको छ।

केन्द्रीय चलचित्र जाँच समितिबाट एडल्ट सर्टिफिकेट प्राप्त गरेको चलचित्र १६ वर्षभन्दा माथिका दर्शकले मात्र हेर्न पाउनेछन्।

आयंका फिल्म्सको प्रस्तुतिमा तयार भएको ‘मास्टर्नी’ क्राइम थ्रिलर तथा फ्यामिली ड्रामा विधामा निर्माण गरिएको हो। चलचित्रमा प्रियंका कार्की जोशी, सिम्रन खड्का, दीपकराज गिरी, दीपाश्री निरौला, सन्दीप क्षेत्री, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले, रक्षा थापालगायत कलाकारको अभिनय छ।

सुवेन्दु घोषको निर्देशनमा बनेको चलचित्रलाई प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा निर्माण गरेका हुन्। सुरक्षा सिंह मल्होत्रा र सिमोस सुनुवार कार्यकारी निर्माता छन्।

चलचित्रको कथा प्रियंका कार्कीले लेखेकी हुन् भने पटकथा शान बस्नेतको रहेको छ। संवादमा प्रियंका कार्की र शान बस्नेतको सहकार्य छ। युवराज इन्दोरियाको छायाङ्कन, राजा सिंह सिदुको सम्पादन तथा रोहित शाक्यको संगीत रहेको चलचित्रमा त्रिशाला गुरुङको स्वर सुन्न सकिनेछ।

चलचित्रको पोस्टर डिजाइन तथा पब्लिसिटी पार्टनर रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) रहेको छ। नेपालमा चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ।