ब्युटी न्युज नेपाल
काठमाडौँ, २९ साउन
नेपाली चलचित्र ‘लज्जावती’ देशभरका चलचित्र घरमा रिलिज भएको छ । यो चलचित्र मुलुकका ५ दर्जन भन्दा बढी चलचित्र घरबाट रिलिज भएको निर्माण पक्षले जनाएको छ ।
पारिवारिक प्रेम कथामा आधारित यो चलचित्रका निर्देशक राजबहादुर साने हुन् । लज्जावतीमा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, मेनुका माझी, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेलले अभिनय गरेका छन्।
आहा फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता सौरभ वली हुन् । कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता दिनेश बुढाथोकी हुन् ।
त्यस्तै, सिनेमाको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन् भने द्वन्द्व निर्देशन देव महर्जनको रहेको छ । दिव्यराज सुवेदीको छायांकन रहेको सिनेमा कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गरेको छ ।



