ब्युटी न्युज नेपाल
काठमाडौँ, २१ साउन
नेपाली चलचित्र ‘लज्जावती’को दोस्रो गीत ‘मलाई पिर परेको तिम्लाई के थाहा छ…’ को भिडियो आज बिहीबार अफिसियल युट्युव च्यानलबाट रिलिज गरिएको छ । गायक थानेश्वर गौतमको स्वर रहेको गीत भीम कुमार ओझाले लेखेका हुन् । जसमा सन्तोष बिसीको संगीत छ । गीतलाई नारायण दंगालको संगीत संयोजन गरेका हुन् ।
यो चलचित्रमो मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, मेनुका माझी, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेलले अभिनय गरेका छन् । यो चलचित्रबाट मोडल मेनुका माझीले नायिकाको रुपमा डेब्यु गर्दैछिन् ।
आज गीत मर्मस्पर्शी बनेको छ । गीतको भिडियोमा चलचित्रकी अभिनेत्री मेनुका माझी र श्री कृष्ण निरौलाको प्रेम र विछोडपछिको अवस्थालाई समेटिएको छ । भिडियोमा कलाकार निरौलाको अभिनय भावुक बनाउने छ । प्रेमीले छोडेर गएपछि उनी पागलप्रमीझैं बनेको देखाइएको छ । जसमा उनी जतासुकै आफ्नो प्रेमीलाई देख्छन् । यसरी प्रेमिकाबाट छुटेपछि उनी हराएको र कलाकार मुकुन भुसाल र जानुका विश्वकर्मा उनका खोज्दै हिँडिरहेको दृश्यमा समेटिएको छ ।
यो चलचित्र यही २९ साउनदेखि प्रदर्शनमा आउँदै छ । चलचित्रलाई राजबहादुर सानेले निर्देशन गरेका हुन् । निर्देशक सानेकाअनुसार सिनेमाले प्रेमिल जोडीको जीवनमा आउने उतारचढाव र संघर्षलाई प्रस्तुत गरेको छ ।

आहा फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता सौरभ वली हुन् । कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता दिनेश बुढाथोकी हुन् । त्यस्तै, सिनेमाको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन् भने द्वन्द्व निर्देशन देव महर्जनको रहेको छ । दिव्यराज सुवेदीको छायांकन रहेको चलचित्र लज्जावतीलाई कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दैछ ।



