ब्युटी न्युज नेपाल
काठमाडौँ, १४ साउन
ओल्ड इज गोल्ड शिर्षकमा चलचित्र विकास बोर्डले यही २२ साउन देखि २७ साउनसम्म ६ दिन चलचित्र विकास बोर्डमा पुराना चलचित्रको महोत्सव गर्ने भएको छ ।
पुराना चलचित्रहरु आमा, हिजो आज भोली, मनको बाँध, परिवर्तन, सिन्दुर, कुमारी, के घर के डेरा, शान्तिदिप, जीवनरेखा, र बदलिँदो आकाश जस्ता पुराना चलचित्र यो महोत्सवमा देखाईने चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले जानकारी गराएका छन् ।
यी सबै चलचित्रलाई डिआई प्रविधिबाट डिजिटल प्रमालीमा तयार गरिएको छ । यी १० वटा चलचित्रलाई यसै साता पुन सेन्सर गरिएको र सेन्सरमा सबै चलचित्रले सबैले हेर्न मिल्ने युनिभर्सल प्रमाणपत्र प्राप्त गरेको पनि अध्यक्ष डिसीले जानकारी गराए ।
नेपाली चलचित्र क्षेत्रका इतिहास विशेष महत्व बोकेको कारण यी चलचित्रलाई छुट्टै महोत्सवको रुपमा आयोजना गरेर प्रदर्शन गर्न लागेको पनि डिसीले जानकारी गराए ।


