ब्युटी न्युज नेपाल
काठमाडौँ, १० साउन
अभिनेत्री सम्राज्ञी आरएल शाहका यस अघि तीन चलचित्र लगातार फ्लप भए । त्यसपछि चलचित्रमा तीन वर्ष विश्राम लिएकी उनी बल्ल नयाँ चलचित्र एक्का मिस्सी बास्सामा अनुबन्धित भएकी छिन् । यो चलचित्रमो उनको मुख्य भूमिकामा रहने भएकी छन् । काठमाडौँमा एक समारोहबिच तामझामका साथ चलचित्रको घोषणा गरिएको छ । समारोहमा निर्माण टिमले साम्राज्ञीको पोष्टर समेत सार्वजनिक गर्यो । तर चलचित्र कहिले बन्न भन्ने निक्र्योल अहिले नै गर्न गाह्रो छ ।
केही समयको अन्तरालपछि नयाँ सिनेमामा जोडिएकी साम्राज्ञीले आफूलाई मन पर्ने क्यारेक्टर नपाएकाले सिनेमामा ग्याप देखिएको बताउँदै यस सिनेमामा भने आफ्नो पात्र मन परेकाले काम गर्न तयार भएको बताइन् । आफ्नो भूमिका साहसिक, बोल्ड, निडर र फरक किसिमको रहेको बताउँदै सिनेमालाई लिएर निकै उत्साहित रहेको जानकारी दिइन् ।
उनेल समारोहमा भिनन् ‘म यो सिनेमा र सिनेमाको टिमसँग जोडिन पाउँदा निकै खुसी छु । मलाई सिनेमाको क्यारेक्टर मन पर्यो, त्यसैले काम गर्न राजी भएकी हुँ’, उनले थपिन्, ‘सुरुमा केही आनाकानी गरिरहेको थिएँ, तर निर्देशकले सिनेमाको क्यारेक्टरबारे बताएपछि मेरो सोच परिवर्तन भयो ।’
उनले निर्देशकले आफ्नो सोचअनुसार नै उक्त पात्रलाई विकास गर्न खोजेको बताइन् । ुउहाँले मेरो भिजनसँग मिल्ने गरी त्यो क्यारेक्टरमार्फत सिनेमा बनाउने सोच्नुभएको रहेछ । मैले स्क्रिप्ट पढेँ, म त छक्क परेँ । मेरो क्यारेक्टर धेरै साहसिक, बोल्ड, निडर र फरक किसिमको छ,’ आफ्नो पात्रबारे साम्राज्ञीले भनिन् ।
चलचित्रका बाँकी कलाकारको खोजी जारी छ । चलचित्रको घोषणा अहिले गरिए पनि यसको छायांकन आगामी फागुन अर्थात ७ महिनापछि गरिने निर्माण पक्षको दाबी छ । यो चलचित्रलाई सञ्जय राईले डेब्यु निर्देशन गर्दैछन् । बेलायत निवासी उनले नयाँ घर बनाउने पैसा घर नबनाएर फिल्म बनाउन लागेको बताए ।
फिल्मलाई मोहिनीदेवी राईको प्रस्तुतिमा तयार गरिने घोषणा समारोहमा बताइयो । यो चलचित्रको कार्यकारी निर्माता सुदीप्ता, लाइन प्रोड्युसर एलोन गुरुङ र प्रोजेक्ट सुपरभाइजर सुपथ श्रेष्ठ रहेका छन् । नरेन्द्र मैनालीले छायांकन गर्ने सिनेमामा संगीत निर्माता निकेश कार्की र रोमन बज्राचार्य, स्टाइलिस्ट आशिम रानाभाट तथा सुनिल शिवभक्तिको सम्पादन रहनेछ ।

