अखिल नेपाल ब्युटिसियन श्रमिक संघको तेस्रो स्थापना दिवस भव्य रूपमा सम्पन्न


ब्युटी न्युज नेपाल
काठमाडौँ, १ साउन

अखिल नेपाल ब्युटिसियन श्रमिक संघले आफ्नो तेस्रो वार्षिक स्थापना दिवस विभिन्न कार्यक्रमसहित काठमाडौंमा उत्साहपूर्वक सम्पन्न गरेको छ। सिल्क हेयर कम्पनीको सहकार्यमा आयोजित कार्यक्रममा सौन्दर्य क्षेत्रका व्यवसायी, श्रमिक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

संघकी अध्यक्ष सावित्रा आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) का अध्यक्ष जगत सिंखडा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। विशेष अतिथिका रूपमा अन्टुफ महिला कमिटीकी अध्यक्ष सुसिला पुन, कस्मेटोलोजिस्ट परिसी कारञ्जीत, छाला रोग विशेषज्ञ डा. सरोज लामीछाने तथा सिल्क हेयरका प्रबन्ध निर्देशक रक्की लामाले शुभकामना व्यक्त गरे । उनीहरुले ब्युटिसियन श्रमिकहरूको क्षमता अभिवृद्धि र पेशागत अधिकार संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।

कार्यक्रममा अन्टुफका महासचिव शालिकराम काफ्ले, उपमहासचिवहरू शिव पोखरेल र रामचन्द्र कार्की, वरिष्ठ ब्युटिसियन लक्ष्मी महत, ब्युटिसियन ट्यालेन्ट नेपाल २०२६ की बिजेता चाँदनी श्रेष्ठ, शोभा अर्याल, गंगा नकर्मी, सुमा चित्रकार, अर्चना कडेल, कुमारी सिद्धयललगायत सौन्दर्य क्षेत्रका अग्रजहरूको सहभागिता रहेको थियो।

स्मृति रावतले सञ्चालन गरेको कार्यक्रममा शर्मिला विश्वकर्माले स्वागत मन्तव्य राखेकी थिइन्। सो वार्षिक उत्सवमा नृत्य प्रस्तुति, शुभकामना आदानप्रदान, सीप अभिवृद्धिसम्बन्धी तालिमसमेत आयोजना गरिएको थियो। संघले यस्ता कार्यक्रमले ब्युटिसियन श्रमिकहरूबीच एकता, व्यावसायिक दक्षता र पेशागत सम्मानलाई थप सुदृढ बनाउने विश्वास संघकी अध्यक्ष सावित्री आचार्यले कार्यक्रममा व्यक्त गरिन् ।