विजय र पूजाको ‘रत्यौली’ फागुन २१ मा रिलिज हुने


ब्युटी न्युज नेपाल
काठमाडौँ, १५ असार

नायिका पूजा शर्माले आफूद्धारा निर्मित चलचित्र ‘रत्यौली’को १५ असारको अवसर पारेर पोष्टर सार्वजनिक गर्दै आगामी २१ फागुनलाई प्रदर्शन मिति तोकेकी छिन् । पोष्टरमा पुजा र बिजय बराल प्रस्तुत छन् । चलचित्रको छायांकन भने अझै सुरु भएको छैन । सोही कारण पनि यसको रिलिज मिति आगामी २१ फागुन तोकिएको हो ।

नाईटिङ्गेल ईन्टरटेन्मेन्ट प्रा.लि र पूजा शर्मा प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो फिल्मको छायांकन भदौ महिनाबाट सुरु हुँदैछ । यो फिल्मको वितरणको जिम्मा रिच इन्टरटेन्मेन्टका लागि करण श्रेष्ठले लिएका छन् ।

महाशिवरात्री र नारी दिवस परेकाले फिल्मको प्रदर्शन मिति फागुन २१ लाई तय गरिएको करणले बताएका छन् ।

सामाजिक कथावस्तुमा तयार हुने यो फिल्मको हाल धमाधम प्रि–प्रोडक्सनको काम चलिरहेको छ । सुरज आचार्यको निर्माणमा तयार हुने फिल्मलाई मुस्कान ढकालले निर्देशन गर्दैछन् । यो फिल्ममा नायक विजय बराल र नायिका पूजा शर्मा फाइनल भइसकेका छन् ।