ब्युटी न्युज नेपाल
काठमाडौँ, ८ असोज
रिलिजको मुखमा रहेको नेपाली चलचित्र ‘बलिदान’को बिरुद्ध चलचित्र निर्माता निर्देशक एवम् डिसिएन सर्वरका अध्यक्ष अशोक शर्माले आज विहान आफ्नो फेसबुकमा एउटा स्टाटस लेखेका थिए । सो स्टाटसमा उनले चलचित्र बलिदानको सबै काम भारतमा भएको तर यो चलचित्रको निर्माताहरुले आफूहरुलाई राष्ट्रवादी भएको दाबी गरेको कुरालाई शर्माले फेसबुकमार्फत ब्यँग्य गरेका थिए ।
अशोक शर्माले बलिदान बिरुद्ध आफ्नो फेबसुकमा यस्तो लेखेका थिए,‘ चलचित्र छायांकनमा बिदेशी कलाकार ल्याउने, चलचित्रको सम्पूर्ण काम विदेशमै गर्ने, चलचित्र रिलिज पनि बिदेश बाटै गर्ने अनि भन्ने चाहिँ मातृभूमिको लागी यो ज्यान बलिदान रे’
अशोक शर्माको यो स्टाटस केही समयमा आज सामाजिक सञ्जालमा भाईरल भयो । यसपछि निर्माण पक्षले अशोक शर्माले चलचित्र रिलिजको मुखमा यस्तो नदेखिदिन अनुरोध पनि ग¥यो । निर्माण पक्षबाट अनुनय गरिएपछि अन्तत अशोक शर्माले आफ्नो फेसबुक पेजबाट चलचित्र बलिदान बिरुद्धको यो स्टाटस हटाएका छन् ।निर्माण पक्षले चलचित्र बलिदान अब नेपालबाटै रिलिज गर्ने बताएपछि अघिल्लो स्टाटस मेटेर अशोक शर्माले नयाँ स्टाट यस्तो लेख्दै पोष्ट गरेका छन्,‘बलिदान अब मातृभूमिबाटै रिलिज हुने, बधाई छ सन्तोष भाई र प्रेम भाईलाई ।
यतिबेला स्टाटस हताएपछि अशोक शर्मालाई केही चलचित्रकर्मीहरुले व्यँग्य समेत गरेका छन् । ‘अशोक शर्माले उठाएको कुरा त सहि हो । तर एक घन्टामै मेट्नु पर्ने भए उनले स्टाटस चाहीँ किन लेख्नु नी ?’
यसको जवाफ फेरी अर्को स्टाटसमा अशोक शर्माले पक्कै दिन आशा गरौँ ।


