सुशीलको ‘परिवर्तन’ माघ ९ देखि प्रदर्शनमा आउने


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ असोज

दिब्यासी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘परिवर्तन’ आगामी माघ ९ बाट प्रदर्शनमा आउने भएको छ । सोमबार अटस्थापनाको अवसरमा यो चलचित्रको रिलिज मिति तोकेको हो ।

यो चलचित्रको पोस्टर (फस्ट लुक्स्) रिलिज भएको छ। पोस्टरमा देखिएअनुसार फिल्ममा मुख्य पात्र एक्शन अवतारमा फिल्मका मुख्य अभिनेता सुशील श्रेष्ठ प्रस्तुत भएका छन्। जसमा आगो, लडाइँ र प्रतिशोधको झल्को पाइन्छ। उनले हातमा बोकेको तरबारमा आगोको राप देखिन्छ। सस्पेन्स र एक्सन मिश्रित यो कथामा परिवर्तनको यात्रामा नायकले भोग्ने संघर्षलाई केन्द्रमा राखिएको संकेत पोस्टरमै देखिन्छ।

ब्याकग्राउण्डमा उनले केहि नेता जस्ता मान्छेहरुलाई रोक्ने या सम्झाउदै गरेको पनि देखिन्छ। यो हेर्दाखेरि देशको सीमानाको विषयमा लडाइँ परेको हो की भन्ने अनुमान गर्न सकिन्छ। खासमा के भएको हो भन्नका लागि यसको टिजर र ट्रेलरको प्रतिक्षा गर्नुपर्ने हुन्छ। पोस्टरमा देखिए अनुसार अभिनेता सुशीलको अहिलेसम्म कै बबाल एक्सन यो फिल्ममा रहेको छ भनेर बुझ्न सकिन्छ। एक्शन निर्देशन श्री श्रेष्ठले गरेका छन्।

यस फिल्मको पोस्टर हेर्दा श्रीको काम अघिल्ला फिल्ममा भन्दा पृथक गरेको देखिन्छ। किनभने उनको पोस्टरले नै उनले फिल्मका लागि कति मेहनत गरेका छन् भने सोझै अनुमान लगाउन सकिन्छ। निर्देशक विजय केरुङले निर्देशन गरेको यो फिल्ममा कथा तथा निर्माण दीपक सिवाकोटीको छ। फिल्ममा सुशील श्रेष्ठका अलवा अञ्जना बराइली, सरोज खनाल,करिश्मा मानन्धर,हेमन्त बुढाथोकी,सुवास मेचे,बुद्धि तामाङ, पुकार भट्टराई, यामनाथ खरेल, गौतम तिवारी लगायत कलाकारहरूको मुख्य भूमिका छ। फिल्मलाई शिवम् अधिकारीले लेखेका हुन्।

फिल्मको ब्याकग्राउण्ड म्युजिक बलिउडका कालाचरणको छ। यस फिल्मको सह सम्पादन उमेश थापाले गरेका छन्। साथै एसोसिएट निर्देशकमा नवराज शर्मा रहेका छन्। कलरिस्ट राजेन्द्र मोक्तान रहेका छन। यो चलचित्रमा डिओपी शिव ढकालको छ भने फिल्मको सम्पादन बन्दे प्रसादले गरेका छन्। यसको प्रोडक्सनको काम अरुण रेग्मीले समालेका छन्। फिल्मको डिजिटल साझेदार ‘ओएसआर’ र वितरण आर.आर. फिल्म्सले गर्ने भएका छन्।