‘मैझारो’को टिजरमा त्रिकोणात्मक प्रेम सम्बन्ध


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ असोज

आगामी ७ कार्तिकबाट चलचित्र घरमा लाग्ने नेपाली चलचित्र ‘मैझारो’को रिलिज भन्दा ठ्याक्कै एक महिना अगाडी आज घटस्थापनाको शुभ साइतमा टिजर रिलिज गरिएको छ । फिल्मको १ मिनेट ५८ सेकेण्डको छ ।

यो चलचित्रलाई कलाकार तक्मेबुढा अर्थात विल्सन विक्रम राईले निर्देशन गरेका हुन् । चलचित्रको टिरज निकै रमाईलो छ । सार्वजनिक भएको टिजरमा फिल्मका मुख्य कलाकार धिरज मगर,मिरुना मगर र दिया पुनबीचको त्रिकोणात्मक प्रेम सम्बन्ध समेटिएको छ । इलामको दृश्यले टिजर आकर्षक बनेको छ ।

फिल्ममा धिरज,मिरुना र दियाका साथमा दयाहाङ राई,बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय समावेश छ । त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्म ‘मैझारो’लाई निर्देशक राईकै कथामा निर्माण भएको हो।

यस फिल्ममा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत रहेको छ। राजेशपायल राई, झुमा लिम्बू ,मेलिना राई, अस्मिता अधिकारी लगायतको मीठो स्वर सुन्न पाइनेछ। सौरभ लामाले छायांकन गरेका ‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भइरहेको यो फिल्मको वितरण आरआर फिल्मले गर्दैछ र डिजिटल अधिकार ओएसआरले लिएको छ ।