व्युटी न्युज नेपाल
काठमाडौं, २६ साउन
अभिनेत्री प्रियँका कार्कीको एउटा ४९ सेकेन्डको भिडियो अहिले अन्तराष्ट्रिय पोर्न साईट ‘पोर्न हब’मा दिन दिनै हिट हुँदैछ । जसका कारण अभिनेत्री प्रियँका कार्कीलाई नेपाली नायिका भनेर नचिन्ने बिदेशी दर्शकले पोर्न साईटकी कलाकारको रुपमा लिएका छन् । पोर्न साईटमा राखेको यो भिडियोले यी अभिनेत्रीलाई यसरी पोर्न कलाकारको दाग लगाईदिएको छ ।
फिल्म कथा काठमाडौंको गीत रातको कुरा…मा प्रियँका कार्की र प्रमोद अग्रहरीको ‘टङ किस’ तथा ‘सेक्स’ सहितको सिनलाई ‘पोर्न हव’ले पोर्न भिडियोको रुपमा एक साता अघि राखेको हो ।
यो भिडियोलाई हेर्ने मध्य ६६ प्रतिसत अर्थात ३० हजार भन्दा बढी दर्शकले लाईक गरेका छन् । नेपाली चलचित्रको गीतलाई पोर्न भिडियोको रुपमा राखिएको मध्य यतीधेरै पोर्नप्रियले रुचाएको सम्भवत यो नै पहिलो हुनुपर्छ । यस अघि एटिएम लगायतका फिल्मका केही भिडियो पोर्न साईटमा राखिए पनि प्रियँकाको भिडियोले जसरी ती भिडियोले भिवर्स र लाईक पाएको छैन ।
कथा काठमाडौंको ४.५९ मिनटको गीतको भिडियोले युट्युवमा ९.२ हजार लाईक पाएको बेला पोर्न हवमा ३० हजार भन्दा बढी लाईक पाएको हो । यसरी पोर्न रुचाउने दर्शकले प्रियँका र प्रमोदको टङ किस र सेक्स सिनलाई निकै रुचाएको यो लाईकले प्रस्ट्याउँछ ।
यता यही सिन राखेकै कारण यस गीतको म्युजिक भिडियोलाई युट्युवले एडल्ट दर्शकले मात्र हेर्न पाउने गरी मेल एकाउन्ट मार्फत उमेर प्रमाणिकरणको प्रकृया राखेका थियो । जसका कारण १६ वर्ष मुनीका दर्शकले यो भिडियो हेर्न नपाउने प्रावधान युट्युवले तय यस अघि नै गरिसकेको छ ।
युट्युवमा राखिएकाे पुरा भिडियाे । यसैकाे अन्तिम ४९ सेकेन्डकाे दृष्य पाेर्न हवमा राखिएकाे छ ।
यस बिषयमा अभिनेत्री प्रियँका कार्कीले प्रतिक्रिया दिन मानिनन् । अभिनेता प्रमोदले निर्देशकले भने बमोजिमको अभिनय आफुले गरेको व्युटी न्युज नेपाललाई बताएका छन् । यसरी कथा काठमाडौंको रातको कुरा… गीत भन्दा दर्शकले यसमा भएको प्रियँका र प्रमोदको सेक्स सिनलाई महत्व दिएका छन् ।
१२ असोजबाट देशव्यापी प्रदर्शनमा आउने संगीता श्रेष्ठको फिल्म कथा काठमाडौं यही सेक्स भिडियोका कारण अहिले तरँगीत छ ।