चलचित्र ककाकिकी रिलिज, पर्दामा अग्रज कलाकारहरुको जमघट


ब्युटी न्युज नेपाल
काठमाडौँ, ११ मंसिर

नेपाली हास्यप्रधान चलचित्र ‘ककाकिकी’ आज शुक्रबारबाट मुलुकभरका चलचित्र घरमा रिलिज भएको छ । यो चलचित्रले मुलुक भर १२५ भन्दा बढी शो पाएको निर्माण पक्षले जनाएको छ । कुलेभारी नमको गाउँमा अस्पतालको अभाव भएपछि सो अस्पताल बनाउन गाउँलेहरुले कसरी बैँकमा चोरी गर्छन भन्ने कथा यो चलचित्रमा प्रस्तुत गरिएको छ ।

यो चलचित्रमा तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के, मनोज गजुरेल, प्रकाश घिमिरे, माउत्से गुरुङ, सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी), मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, विश्वास तिमल्सिना (बीटी कान्छा), एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटालगायत कलाकारको अभिनय रहेको छ।

बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको निर्देशनमा बनेको चलचित्रका निर्माता श्रद्धा प्रसाईं र सुमित्रा थापा हुन्। चलचित्रको कन्सेप्ट सुमन अग्रवालको हो भने कथा तथा पटकथा बिक्की अग्रवाल, विकास अर्याल र सरोज भण्डारीले लेखेका हुन्। विश्वास तिमल्सिना (बीटी कान्छा)ले स्क्रिप्ट डक्टरको जिम्मेवारी सम्हालेका छन्। चलचित्रको छायांकन सुदीप बरालले गरेका हुन्। मुख्य सहायक निर्देशक अनिश बुढाथोकी र सहायक निर्देशक विशाल राई हुन्।